s

अध्यागमनका दोषीलाई मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागमा भएको सीता राई काण्डका अभियुक्तविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मंगलबार विभागका शाखा अधिकृतद्वय रामप्रसाद कोइराला, टीकाराज पोख्रेल, नायब सुब्बा सोमनाथ खनाल, विभागमा खटिएका सुरक्षाकर्मी र पर्शुराम बस्नेतविरुद्ध मुद्दा दायर गरेको हो ।

गत मंसिरमा भोजपुरकी ती युवतीलाई वैदेशिक रोजगारबाट र्फकंदा अध्यागमनमा उनीहरूले लुटेको अभियोग पत्रमा उल्लेख छ । उनले साउदी अरबबाट र्फकंदा ल्याएको आठ हजार पाँच सय रियाल चारै कर्मचारीले मिली बाँडेको अख्तियार अनुसन्धानले देखाएको छ । उनको पैसा लिने काम पदीय आचरण र कानुनसम्मत समेत नभएको देखिएकाले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार उनीहरूविरुद्ध मुद्दा चलाउने आधार अख्तियारले लिएको हो ।

घूस लिएको रकम असुलउपर गर्ने गरी र पीडितलाई बिगो २ लाख २५ हजार चार सय ६५ दिलाई भराइदिने मागदाबी अभियोग पत्रमा छ । कर्मचारीले राईबाट रकम मात्र नलिएर सर्ट, घडी सेन्टजस्ता सामानसमेत लिएको देखिएको र उक्त सबै बिगो दुई लाख २५ हजार चार सय ६५ भएको पाइएको छ ।

 Published on: 10 April  2013 | Kantipur

Back to list

;