s

अध्यागमनबाटै भिजिट भिसामा मानिसलाई दुबई-कतार ट्रान्जिट, अधिकृत पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागका अधिकृत कमलप्रसाद पराजुली पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई मंगलबार विमानस्थलबाटै पक्राउ गरेको हो। श्रम स्वीकृति नलिई विदेश जानेहरूबाट आर्थिक लाभ लिएको आरोपमा उनलाई पक्राउ गरिएको अख्तियारले जनायो।

कतार, दुबई तथा अन्य मुलुकमा ट्रान्जिट भएर भिजिट भिसामा जाने व्यक्तिहरूलाई प्रस्थान अनुमति दिएको अभिलेख समेत नरहने गरी स्ट्याम्प लगाइदिने गरेको अख्तियारले जनाएको छ। भिजिट भिसामा दुबई कतारलगायत खाडी मुलुकमा जान प्रतिबन्ध लगाइएको छ। सो प्रतिबन्धको बर्खिलाप गरी अध्यागमनबाटै मानव ओसारपसार भइरहेको सूचना अख्तियारमा परेको थियो। पक्राउ परेका पराजुलीलाई न्यायिक हिरासतमा राखी अनुसन्धान थालिएको अख्तियार प्रवक्ता प्रदीप कोइरालाले बताए।

Published on: 8 Aug 2019 | Setopati

Back to list

;