s

अभिमुखीकरण तालिम दिने २२ संस्थालाई कारबाही

वैदेशिक रोजगार विभागले करिब १ महिनामा कामदारलाई अभिमुखीकरण दिने २२ वटा संस्थालाई कारबाही गरेको छ । त्यसमध्ये २० वटा संस्था १५ दिनदेखि ३ महिना निलम्बनमा परेका छन् । अरू २ वटा संस्थालाई विभागले सचेत गराएर आन्तरिक कारबाही गरेको जनाएको छ । 

तीन महिने निलम्बनमा पर्नेमा पौरखी सिर्जनशील सीप विकास, टावर इन्फो ओरियन्टेसन, इन्स्िटच्युट फर युनिभर्सल, मालिका इन्स्िटच्युट, सुकर्म इन्टरनेसनल, पिपुल्स ओरियन्टेसन, आरएम इन्टरनेसनल र धौलागिरी ओरियन्टेसन छन् । केयर एसोसियट्स, अमरावती ट्रेनिङ सेन्टर र अश्लेषा इन्स्िटच्युट २ महिने निलम्बनमा परेका छन् । एमलिस ट्रेनिङ इन्स्िटच्युट, ललितपुर ओरियन्टेसन र विकिरण एसोसियट्स डेढ महिने तथा लुम्बिनी मल्टिपल, रजनिस कन्सल्टेन्सी र काष्ठमण्डप इन्टरनेसनल एक महिने निलम्बनमा परेका छन् । 

त्यस्तै एसएस ट्रेनिङ सेन्टर, संगम मेनेजमेन्ट सर्भिसेज र चेतना ओरियन्टेसन १५ दिन निलम्बित भएका छन् । राजवैदेशिक परामर्शलाई विभागले आन्तरिक कारबाही गरेको छ भने स्काई ब्लू टेक्निकललाई सचेत गराएर छाडेको छ ।

Published on : 7 May 2014 | Kantipur

Back to list

;