s

अभिमुखीकरण संस्थामा पूर्वाधार र तालिम गुणस्तरीय छैन

वैदेशिक रोजगारका लागि अभिमुखीकरण तालिमकोअनुमति पाएको गोगंबुको टावर इन्फो फरेन जब ओरिन्टेसन संस्था अध्यारो सानोकोठामा ५२ जनालाई तालिम दिइएको भेटियो।

तालिम संस्थाले एक पटकमा २५ जना मात्रै राखेर तालिम दिनुपर्ने प्रावधान भएपनि दोब्बर राखेर अभिमुखीकरण तालिम संचालन गरिएको थियो।

वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिमको अनुगमन गर्ने क्रममा यस्तो वेथिती भेटिएको हो।

विद्युत कटौती भएपछि कुनै वैकल्पिक स्रोतको व्यवस्था नगरी तालिम दिइएकोथियो। सानो कोठा र भेन्टिलेसन नभएको यो संस्थामा तालिम लिइरहेकाहरुअसिनपसिन भएर बसिरहेका थिए। यस्तो वेथिती देखेपछि विभागका महानिर्देशकपूर्णचन्द्र भट्टराईले तत्कालै सञ्चालकलाई बोलाएर न्यूनतम पूर्वाधार तयारगरेर तालिम दिन निर्देशन दिए।

'साँघुरो कोठामा झ्याल पनिनभएको कोठामायसरी मान्छेलाई कोचेर तालिम दिने कार्य बन्द गर्नुहोस्,' उनले निर्देशनदिँदै भने। यो मात्रै होइन मंगलबार अनुगमन गरिएका सबै तालिम संस्थामा कुनै नकुनै कमजोरी भेटिएका थिए। कुनै तालिम संस्थामा पूर्वाधारको कमी र कुनैमातालिम दिने प्रणालीनै प्रभावकारी थिएनन्। पूर्वाधार विना संचालनमा रहेका रतालिममा हेलचक्र्याई गर्ने तालिम संस्थालाई विभागले कारवाही थालेको छ।विभागका निर्देशक काशीराज दाहालले संयोग ट्रेनिङ इन्स्च्यिुट, टावर इन्फोफरेन जब ओरिन्टेसन र ओसियन टेक्निकल इन्स्यिच्युटलाई सात बुँदे निर्देशनदिइएको जानकारी दिए।

'हामीले यो तीन तालिम संस्थालाई सात बुँदे निर्देशन दिएका छौ,' उनलेभने, 'यो निर्देशन सात दिनभित्रै सुधार नगरे थप कारवाही हुनेछ।' उनकाअनुसार तालिम स्थलमा आवश्यक झ्याल, विजुली र पंखाको व्यवस्था गर्न निर्देशनदिइएको छ।

दाहालका अनुसार यही संस्थालाई विभागले तोकेको भन्दा बढी प्रशिक्षार्थीनराख्न, पाठ्यक्रम अनुसार अध्यापन गराउनुपर्ने, प्रशिक्षक रप्रशिक्षार्थीवीच दोहोरो संवाद गरेर तालिम गराउनुपर्ने, महिलाप्रशिक्षार्थी र पुरुषलाई फरक फरक लहरमा राखेर तालिम दिनुपर्ने लगायतकानिर्देशन दिइएको छ।

विभागले एलायन्स ओरियन्टेसन, सुनगाभा ओरियन्टल ट्रेनिङ र साइनिङ मुनट्रेनिङ सेन्टरलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ। एलायन्समा पाँच जना कमप्रशिक्षार्थी, सुनगाभामा ३४ जना बढी रसाइनिङमा १२ जना अनुपस्थित रहेकोभेटिएकोले २४ घन्टे स्पष्टीकरण सोधिएको हो।तालिम लिइरहेका अधिकांशप्रशिक्षार्थीले विदेश जाँदा अपनाउनुपर्ने सामान्य सुरक्षा, सम्वन्धितदेशको हावापानी लगायतका बारेमा भन्न सकेका थिएनन्।

विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले विदेश जाने नेपालीले सामान्यजानकारी पाएर दुःख नपाउन भनेर तालिम संस्थाको अनुगमन थालेको बताए।

'विगतमा अभिमुखीकरण तालिम झोलाबाट बिक्री गर्ने प्रचलन थियो। हामीलेअनुगमन थालेपछि तालिम दिन थालिएको छ,' उनले भने, 'तर अनुगमनको क्रममापूर्वाधार र पढाईको गुणस्तरमा धेरै सुधार आवश्यक देखिएको छ।' उनले अनुगमनकोक्रममा त्रुटी देखिएका संस्थालाई निश्चित समय दिने बताउँदै निश्चित समयमासुधार नगरे कडा कारवाही गरिने जानकारी दिए।

भट्टराईले अहिले थालिएको अनुगमन अपुग भएको बताउँदै अहिलेसम्म १५ प्रतिशतमात्रै अनुगमन गर्न भ्याएको जानकारी दिए।
'यस्तासंस्थाको अनुगमन गर्न भ्याएका छैनौ। अहिलेसम्म १५ प्रतिशत मात्रै अनुगमनगर्न भ्याएका छौ,' उनले भने, '८५ प्रतिशत अझै बाँकी छ। यसलाई निरन्तर अगाडीबढाएर गुणस्तरीय बनाउन पहल गर्नेछौ।' विदेश जाने कामदारले दुई दिनअभिमुखीकरण तालिम लिनुपर्नेछ। यो वापत तालिम संस्थाले प्रतिव्यक्ति ७ सयरुपैयाँ पाउँछन्।

Published on: 9 May 2012 | Nagarik

Back to list

;