s

'अवसर छैन' भन्ने भाष्यले नेपाली युवा विदेश गएर हन्डर खाइरहेका छन् : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा केही अवसरै छैन भन्ने भाष्य निर्माण हुँदा नेपाली युवाहरू विदेश गएर हन्डर खाइरहेको टिप्पणी गरेका छन् ।

काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहलाई बुधबार धुलिखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालमै भएका शिक्षार र अवसरलाई प्रयोग गर्ने अपिल गरे ।

उनले अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको चिन्ताजनक खबर आएको उल्लेख गर्दै यो पनि अवसर छैन भन्ने भाष्य निर्माण हुँदा खानुपरेको हन्डरको रुपमा दाहालले टिप्पणी गरे ।

'नेपालमा अवसर छैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेका छन्,' उनले भने, 'उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशको हितमा पनि काम गर्न सकिन्छ ।'

प्रधानमन्त्री दाहालले काठमाडौं विश्वविद्यालयबाट अहिलेसम्म दीक्षित हुनेमध्ये १२ प्रतिशत विदेशी विद्यार्थी रहनु नेपालको शैक्षिक अन्तर्राष्ट्रियकरणको ज्वलन्त उदाहरण भएको दाबी गरे । उनले दाहालले अब यो शैक्षिक अन्तर्राष्ट्रियकरणको अभियानलाई थप सुदृढ र विस्तारित बनाउने उल्लेख गरे । उनले नेपालका अन्य विश्वविद्यालयबाट अध्ययन गरेर थप अध्ययन र अनुभवका लागि विदेश गएकाहरुलाई पनि ज्ञान र सीप नेपालको दिगो विकासका लागि सदुपयोग गर्न अनुरोध गरेका छन् ।

Published on: 14 December 2023 | Kantipur

Link

Back to list

;