s

अवैध शाखा खोल्ने म्यानपावरसँग स्पष्टीकरण

वैदेशिक रोजगार विभागले गैरकानुनी ढंगले झापा र सुनसरीमा शाखा सञ्चालन गर्ने म्यानपावर कम्पनीलाई स्पष्टीकरण सोधी कारबाही प्रक्रिया अघि बढाएको छ । विभागको अनुगमन टोलीले बुझाएको प्रतिवेदनका आधारमा स्पष्टीकरण सोधिएको हो ।

'शाखाको कामकारबाहीप्रति मुख्य कार्यालयको जिम्मेवारी हुन्छ,' विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले भने, 'धरौटी नराखी काम गर्नेलाई कारबाही हुन्छ ।'

विभागले अवैध शाखा कार्यालयको काम रोक्न स्थानीय प्रशासनसँग समेत समन्वय गरेको छ । टोलीले शाखाबाट अनियमितता भएकाले मुख्य कार्यालयलाई स्पष्टीकरण सोधी नियमानुसार तत्काल कारबाही गर्नुपर्ने भन्दै प्रतिवेदन बुझाएको थियो । झापा र इटहरीमा झन्डै ८९ वटा शाखा कार्यालयको अनुगमन गर्दा १५ वटाले मात्रै धरौटी राखेर कारोबार गरेको प्रतिवेदनमा उल्लेख छ ।

Published on: 24 April 2012 | Kantipur

Back to list

;