s

अवैधरुपमा हाउसमेड पठाउने २ पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको नाममा बिभिन्न प्रलोभनमा पारि मानव ओसारपसार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
 
व्युरोले मकवानपुर हेटौंडाका राजेन्द्र बानियाँ र सिन्धुपाल्चोक बाँसखर्कका सुनिलकुमार तामाङलाई पक्राउ गरेको हो । उनीहरुले मासिक तीस हजार नेपाली तलब हुन्छ भन्दै युवतीहरुलाई दुबई हुँदै ओमन पुर्याई शारीरिक तथा मानसिक यातना दिई २१ महिनासम्म घरेलु कामदारको रुपमा काम लगाई चरम यातना दिएको दाबी गरेको छ ।
 
उनीहरु विरुद्ध मंगलबार नै जिल्ला अदालत काठमाडौंमा मानव बेचबिखन मुद्दा दर्ता गरिएको छ । पीडित महिलाहरुको विवरण गोप्य राखिएको छ । २७ वर्षे तामाङ घरजग्गा कारोबारमा समेत सम्लग्न रहेको प्रहरी भनाइ छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन अनुसार मानिस किन्ने वा बेचेको ठहरेमा बीस वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना हुने व्यवस्था रहेको छ ।
 
Published on: 18 July 2018 | Madhyanha

Back to list

;