s

अवैध बाटो हुँदै अमेरिका पुगेका १७८ नेपाली फर्काइयो

अवैध बाटोबाट अमेरिका पुगेका १७८ नेपालीलाई नेपाल फर्काइएको छ।

विभिन्न पाँच आर्थिक वर्षमा उनीरूलाई फर्काइएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।

ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७९/८० सम्ममा उनीहरूलाई फर्काइएको हो।

आर्थिक वर्ष २०७५/७६ मा अमेरिका पुगेका ४५ जना पुरूष डिपोर्ट भएका थिए। २०७६/७७ मा ८१ पुरूष र २ जना महिला डिपोर्ट भएका थिए।

आर्थिक वर्ष २०७७/७८ मा २८ जना पुरूष र दुई जना महिला डिपोर्ट भएका थिए। २०७८/७९ मा १३ जना पुरूष र २०७९/८० मा ७ पुरूष डिपोर्ट भएको तथ्यांक छ।

नेपालीहरू विभिन्न अवैध बाटोमार्फत् अमेरिका छिर्ने गरेका छन्।

प्रहरीका अनुसार नेपालबाट अवैध रूपमा अमेरिका छिर्नेले मुख्यतया चारवटा बाटो प्रयोग गर्ने गरेको पाइन्छ।

भारत हुँदै ब्राजिल, कोलम्बिया, पनामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिकोबाट अमेरिका छिर्ने एउटा बाटो छ। यसबाहेक दुबई, रूस र थाइल्यान्डको बाटो पनि प्रयोग गरिन्छ। जुनसुकै बाटो प्रयोग गरे पनि आखिरमा ब्राजिल पुग्नैपर्छ। त्यहाँबाट अमेरिका छिर्ने रूट एउटै हो।

Ncell
यसरी अमेरिका छिर्ने क्रममा कतिपय बेपत्ता हुने गरेको र कतिपयको अंगभंग तथा ज्यानसमेत जाने गरेको पाइन्छ।

पछिल्लो समय युरोप र अमेरिका छिर्ने लोभमा पनि ठूलो संख्यामा युवाहरू बेचबिखन र तस्करीमा पर्ने गरेका छन्।

Published on: 3 July 2023 | Setopati

Link

Back to list

;