s

अबदेखि इटहरी उपमहानगरपालिकाबाटै श्रम स्वीकृति

इटहरी उपमहानगरपालिकाले मंगलबारदेखि श्रम स्वीकृति दिन थालेको छ। वैदेशिक रोजगारीमा जान चाहनेले अब उपमहानगरबाटै श्रम स्वीकृति लिन सक्नेछन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्र अनुसार इटहरीले पहिलो पटक नगर प्रमुख हेमकर्ण पौडेलले इटहरीमै बसोबास गरिरहेका रामचन्द्र राईलाई श्रम स्वीकृति प्रदान गर्दै सेवाको शुरूवात गरेका हुन्।

वैदेशिक रोजगारमा जाने युवायुवतीले यस अघि काठमाडौँ गएर श्रम स्वीकृति लिनुपर्ने बाध्यता थियो। ‘विगतमा श्रम स्वीकृति लिन सेवाग्राहीले काठमाडौं जानु पर्ने बाध्यता थियो। जसको लागत पनि बढी नै पथ्र्यो,’ मेयर पौडेलले भने, ‘सरकारले श्रम स्वीकृति स्थानीय तहबाटै प्रदानगर्न सक्ने प्रावधान ल्याएसँगै अब सहज हुने भयो।’

श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिको पासपोर्ट र भिसा सम्बन्धी कागजात चाहिने गर्छ। सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने इटहरी उपमहानगरले जनाएको छ।

Published on: 4 October 2023 | Nagarik

Link

Back to list

;