s

अब साउदीमा फिल्म हेर्न पाइने

वैदेशिक रोजगारीमा साउदी अरब जाने नेपाली कामदारले अब चलचित्र हेर्न पाउने भएका छन् । साउदी अरबमा ३५ वर्षपछि सार्वजनिक रुपमा चलचित्र प्रदर्शन गरिने भएकोछ । राजधानी रियादस्थित किंग अब्दुल्ला फाइन्यान्सियल डिस्ट्रिक हलमा आगामी १८ अप्रिलमा ब्ल्याक प्यान्थर नामक चलचित्र प्रदर्शन गरिने भएको छ ।
 
संसारकै ठूलो मानिएको चलचित्र चेन एएमसीसँग भएको सम्झौता बमोजिम साउदी अरवमा पहिलोपटक चलचित्र प्रदर्शन गर्न लागिएको हो । सम्झौतामा आगामी ५ वर्षसम्म साउदी अरबका विभिन्न १५ शहरका ४० सिनेमा घरहरुमा चलचित्र देखाइनेछ । राजकुमार मोहम्मद बिन सलमानको महत्वाकांक्षा मानिएको भिजन २०३० को योजनामा आर्थिक र सामाजिक सुधारको अवधारणाअनुसार चलचित्र भवन बन्न लागेको बताइएको छ । चलचित्र अपरेटर र स्थानीय अधिकारीले सन् २०३० सम्म अर्थात् १२ वर्षभित्र साउदी अरबमा ३ सय ५० चलचित्र हलमार्फत् १ अर्व डलर (एक खर्व रुपैया भन्दा बढी)सम्मको व्यापार गर्ने योजना अघि सारेको बीबीसीले उल्लेख गरेको छ ।
 
Published on: 11 April 2018 | Madhyanha

Back to list

;