s

अब रेष्टुरेण्टमा १० प्रतिशत सेवा शुल्क नलिइने

रेष्टुरेण्ट तथा बार एसोसिएसन नेपाल (रेवान) ले रेष्टुरेण्टहरुमा लिइदै आएको १० प्रतिशत सेवा शुल्क हटाउने निर्णय गरेको छ।

रेवान काठमाडौं, पोखरा र सौराहाको सोमबार बसेको बैठकले बार तथा रेष्टुरेण्टहरुमा लगाउँदै आएको अतिरिक्त १० प्रतिशत सेवा शुल्क क्रमिकरुपमा हटाउने निर्णय गरेको हो।

बैठकपछि एक विज्ञप्ति जारी गर्दै उपभोक्ताको हित र अनुरोधलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताइएको छ। यो निर्णय सँगै काठमाडौं, पोखरा र सौराहाका बार तथा रेष्टुरेण्टमा सेवा प्रयोग गरेबापत कुनै शुल्क नलिइने रेवानले जनाएको छ।

सेवाग्राहीको हित र पर्यटन प्रवर्दनको लागि यो निर्णय गरिएको रेवान पोखराका अध्यक्ष भिमसेन भुजलेले नागरिक न्यूजलाई बताए। 'पर्यटन प्रवर्दन र नागरिकको अधिकारको लागि यो निर्णय गरेका हौं,' भुजेलले भने, 'यो निर्णय हुँदैमा प्रतिष्ठनमा कार्यरत मजदुरहरुको सेवा सुविधामा कमि हुनुहुँदैन। सबै जिम्मेवार बन्नुपर्छ।' 

Published On: 29 January 2019 | Nagarik

Back to list

;