s

अब खाडी मुलुकमा जाने कामदारले पाउने भए न्यूनतम पारिश्रमिक

कतारले सबै देशका कामदारलाई समानरुपमा लागू हुने गरी न्यूनतम पारिश्रमिक तोक्ने कानून बुधबार पारित गरेको छ। उक्त कानून आउँदो जनवरीदेखि कार्यान्वयनमा आउने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।बुधबार बसेको कतारको मन्त्रिपरिषद् बैठकले विदेशी कामदारको न्यूनतम तलब निर्धारण गर्न बनेको मस्यौदालाई पारित गरेको हो।पारित मस्यौदालाई सुरा काउन्सिलमा पेश गरिएको छ।

प्रशासनिक विकास, श्रम र सामाजिक मामिलामन्त्री युसुफ मोहम्मद अल ओथमान फक्ह्रोले मन्त्रिपरिषदको निर्णयलाई तुरुन्तै कार्यान्वयनमा ल्याइने बताए।खाडीमा कामदारको न्यूनतम तलब तोक्ने कानुन बनाउने पहिलो देश कतार बनेको छ।नेपाली कामदारको बाहुल्यता रहेको खाडीका ६ वटै देशले न्यूनतम तलब तोकेका छैनन्। न्यूनतम तलब नतोक्दा नेपाली कामदारले कम्पनीसँग सम्झौता गरे अनुसारको तलब पाउन सकेका छैनन्।कतारमा नेपाली कामदार करिब चार लाखको हाराहारीमा छन्।

Published on: 18 October 2019 | Setopati

 

Link

Back to list

;