s

अब विदेश जान कामदारले बैंक खाता खोल्नुपर्ने

सरकारले वैदेशिक रोजगारमा जाने कामदारहरूलाई बैंक खाता अनिवार्य रूपमा खोल्नु पर्ने व्यवस्था लागू गर्ने भएको छ । वैदेशिक रोजगार विभागले सोमबारदेखि परीक्षणको रुपमा विदेश जाने नेपाली कामदारलाई बैंक खाता सुरु गरेको छ ।

वैदेशिक रोजगारमा रहेको नपालीहरूले कमाएर रेमिट्यान्स हुण्डीका रूपमा कारोबार हुने प्रवृत्तिलाई पूर्ण रूपमा बैंक खाता अनिवार्य गर्ने तयारी गरेको हो । विभागले चाडै नै यसलाई अनिवार्य गर्न लागेको छ ।

खाता अनिवार्य गरिएपछि नेपाली कामदारलले बैंकमार्फत कमाएको पैसा पठाउनुपर्छ। नेपाली कामदारले कमाएको पैसा बैंक खातामार्फत् नल्याएको खुलेमा उसलाई अर्कोपटक श्रम स्वीकृति नदिइने विभागले जनाएको छ।

विभागका अनुसार, अब श्रम स्वीकृतिका लागि कामदारले आफ्नो वा आफ्‌नो हकवालाको नाममा बैंकमा खाता खोलेको प्रमाण अनिवार्य पेश गर्नुपर्ने छ।

विभागको अनलाइन सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) मा समेत बैंक खातासहितको विवरण अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्ने विभागले जनाएको छ। विभागले बैंक खाता नबुझाउने कामदारले श्रम स्वीकृति नपाउने जनाएको छ।

Published on: 2 September 2019 | Kantipur

Back to list

;