s

अब वैदेशिक यात्रामा जाँदा पाँच हजार भन्दा बढी लान नपाइने

अब नेपाली वा विदेशी नागरिक अन्य मुलुकमा जाँदा सो देशको रकम पाँच हजार भन्दा बढी लान नपाइने व्यवस्था गरिएको छ। नेपाली मुद्रा तथा विदेशी विनिमयको ओसार पोसारमा नियन्त्रण गर्न नेपाल राष्ट्र बैङ्कले सो व्यवस्था गरेको हो।विदेशी विनिमय ऐन, २०१९ ले पनि नेपाली मुद्रा तथा विदेशी विनिमयको ओसार पसारमा नियन्त्रण गर्नु पर्ने उल्लेख गरेको छ।
 
सो व्यवस्था अनुसार नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर पाँच हजारभन्दा बढी साथमा लैजान वा ल्याउन भन्सार प्रमाणित हुनुपर्ने छ। त्यस्तै, नेपाली नागरिकले विदेश जाँदा पासपोर्ट सटही सुविधा सहित अमेरिकी डलर पाँच हजारसम्मको नगद विदेशी मुद्रा लिएर जानुपर्दा सो विदेशी मुद्रा राहदानीमा दरपिठ गरिएको हुनुपर्ने छ।
 
उक्त सीमासम्म नगद विदेशी मुद्रा लैजादा नियमानुसार अघिल्लो पटक सटही गरी बचेको रकम लैजान पाउने सीमा समेतलाई गणना गर्दा अमेरिकी डरलर, पाँच हजार वा सो बराबरको नाघ्न हुने छैन। तर औषधी उपचार वा अन्य विशेष प्रयोजनको लागि विदेशी मुद्रा सटही प्राप्त गरेको प्रमाण पेश गरेमा त्यस्तो रकम लैजान भने बाधा नपर्ने राष्ट्र बैङ्कले व्यवस्था गरेको छ। विदेशी नागरिकले नेपालबाट अन्य मुलुकमा जाँदा प्रतिव्यक्ति अमेरिकी डलर पाँच हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राभन्दा बढी नगदै साथमा लैजान पाउने छैन।
 
तर नेपाल आउँदा भन्सार स्वघोषणा गरी ल्याएको सीमा भित्रको रकम स्वघोषण गरी लैजान भने पाउने छ।यदि नेपाली वा विदेशी नागरिकले तोकिएको भन्दा बढी लैजान नेपाल राष्ट्र बैङ्कमा निवेदन दिनुपर्ने छ।
 
Published on: 19 April 2019 | Setopati

Back to list

;