s

अब खाडीमा भेडा चराउन जानुपर्दैनः मन्त्री बिष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले खाडीका देशमा भेडा चराउनु पर्ने वाध्यताबाट नेपाली युवाहरुलाई मुक्त गर्ने बताएका छन् । मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला गुल्मी पुगेका मन्त्री विष्टले बुधबार गूल्मीको मुसिकोट नगरपालिकाद्वारा आयोजित सम्मान कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
 
आर्थिक समृद्धिका माध्यमबाट देशमा पर्याप्त रोजगारी सिर्जना गर्ने भन्दै उनले त्यसपछि पेट पाल्नकै लागि अरबमा भेडा चराउन जानुपर्ने नेपाली युवाहरुको वाध्यता अन्त्य हुने बताए । वर्तमान सरकार पुरानो मानसिकता र मनोवृत्तिलाई बदल्दै विकासका पूर्वाधार निर्माण गर्दै रोजगारी सिर्जना गरी गरिबी र बेरोजगारीलाई एक साथ समाप्त गर्ने दिशामा अघि बढिरहेको बताए ।
 
Published on: 20 April 2018 | Madhyanha

Back to list

;