s

अब वैदेशिक रोजगारमा गएका कामदारको पनि सञ्चय कोष

रोयल आचार्य
 
अब वैदेशिक रोजगारमा गएका कामदारको पनि सञ्चय कोष हुने भएको छ । कर्मचारी सञ्चय कोषले बिहीबार पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि समेत सञ्चय कोष सुविधा ल्याउन लागेको जानकारी दिएको हो ।
 
वैदेशिक रोजारीमा जाने कामदारको कोष कट्टा गरी सञ्चय गर्ने सेवा चाडै शुरु हुने कोषका कार्यबाहक प्रमुख प्रशासक दीपक रौनियारले बताए । यसका लागि कोषले बेग्लै रोजगार सञ्चय कोष गठन गर्न लागेको भन्दै कार्यबाहक प्रमुख रौनियारले स्वरोजगार कोष गठनका लागि कार्यविधि बनाइ सञ्चालक समितिमा पेश भएको जानकारी समेत दिए । उनका अनुसार सञ्चालक समितिबाट पारित भएपछि कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा पेश गरिनछ ।
 
कोषले नेपालमै स्वरोजगार बनेकाका लागि समेत सो सुविधा ल्याउने जनाएको छ । कोषले खुदमुनाफा मध्ये ९२ प्रतिशत रकम सञ्चयर्ताको हितमा खर्च गर्दै आएको छ । कोषले सञ्चयकर्ताका लागि काजकृया खर्च वापत ३० हजार, दुर्घटना क्षतिपूर्ति वापत १ लाख २५ हजार, औषधोपचार सूविधा वापत २५ हजार देखि ५० हजार सम्म तथा सुत्केरी तथाशिशु स्याहार खर्च समेत ७ हजार ५ सय दुई पटक सम्म अतिरिक्त सुविधा दिदै आएको छ । अब कोषबाट खर्च गर्ने गरी विशेष प्रकृतिकाकडा रोगहरु जस्तो ब्रेन हेम्रेज, क्यान्सर, मृगौला डाईलासिस तथा प्रत्यारोपण, हर्ट सर्जरी, हेपाटाईसीस बी र एचआईभी एड्स आदिलाई सम्बोधनगर्ने गरी सञ्चयकर्ता स्वास्थ्य सहयोग योजनालागू गर्ने तयारी भई रहेको समेत कोषले जनाएको छ ।
 
Published on: 15 March 2018 | Madhyanha

Back to list

;