s

आवासीय भवनमा भेला भएको पाइए ५० हजार रियल जरिवाना हुने

मुकुन्द गैरे

काठमाडौं, बैशाख २७ गते । साउदीमा आफ्नो आवास भन्दा बाहिरका आवासीय भवनमा कुनै कामदार भेला भएको पाइए ५० हजार साउदी रियलसम्म जरिवाना हुने भएको छ ।

साउदी आन्तरिक मामिला मन्त्रालयले एक निर्देशन जारी उक्त जरिवाना हुने जानकारी गराएको साउदी स्थित नेपाली राजदूतावासले बताएको छ ।

निर्देशनको अवज्ञा भएमा जरिवाना थप हुदैँ जाने र अन्य सजाय समेत हुने उक्त निर्देशनमा उल्लेख छ ।

सरकारले जारी गरेको निर्देशनको विपरित हुनेगरी कुनै कार्य नगर्न साउदीमा रहेका नेपालीलाई दूतावासले आग्रह गरेको छ ।

हिजो (शुक्रवार) सम्म साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३५ हजार ४ सय ३२ पुगेको छ । थप हिजो १ हजार ७ सय १ जनामा संक्रमण भएको छ ।

कूल संक्रमितहरु मध्ये हालसम्म ९ हजार १ सय २० जना निको भएका छन् । हिजो सम्म १० जना सहित २ सय २९ जना संक्रमितको मृत्यु भएको दूतावासले जानकारी दिएको छ ।

Published on: 9 May 2020 | Gorkhapatra

Link

Back to list

;