s

आप्रवासी कामदारका अधिकार संरक्षण गर्न आयोगको सुझाब

राष्ट्रिय मानवअधिकार आयोगले आप्रवासी नेपाली कामदारका अधिकार संरक्षणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ । वैदेशिक रोजगारीका क्रममा गन्तव्य मुलुकमा अलपत्र परेका सबै प्रकारका आप्रवासी श्रमिकको उद्धारको व्यवस्था गर्न पनि आयोगको आग्रह छ ।

यस्तै, वैदेशिक रोजगारीका लागि खाडी मुलुकलगायत देशमा दुर्घटनामा परेर अलपत्र परेका श्रमिकको गन्तव्य मुलुकमै उपचारको व्यवस्था मिलाउन पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । राजधानीमा आइतबार भएको कार्यक्रममार्फत आयोगले गन्तव्य मुलुकमा स्वास्थ्योपचार सम्भव नभए सुरक्षित रूपमा स्वेदश फिर्ताको व्यवस्था मिलाई उपचार गर्न आयोगको सिफारिस छ ।

रोजगारीका लागि खाडी मुलुकमा गएर कामकै क्रममा मृत्यु भएका नेपालीको शव ल्याउने प्रक्रियालाई द्रुत प्रक्रियाबाट कार्यान्वयन गर्न पनि आयोगले भनेको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले वैदेशिक रोजगारीका लागि छिमेकी मुलुक भारतमा जानेको संख्या बढी रहेको बताए ।

नेपालबाट वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्या ४० लाखभन्दा बढी रहेको उनले बताए ।

आयोगले वैदेशिक रोजगारीका क्रममा हुने मानव बेचबिखन तथा ओसार–पसार तथा सबै प्रकारका शोषणजस्ता फौजदारी प्रकृतिका घटनालाई दण्डनीय कसुर बनाई त्यस्ता घटनाको छानबिन र अनुसन्धान गर्न पनि आयोगले सरकारलाई सुझाब दिएको छ ।

Published on: 8 October 2018 | Naya Patrika

Back to list

;