s

आप्रवासी महिलालाई वैधता दिन आग्रह

मलेसियाली एक कानुनविद्ले गैरकानुनी हैसियतमा मुलुकमा रहेका आप्रवासी महिलाहरूलाई वैधता दिई घरेलु क्षेत्रमा रोजगारीको अवसर दिन सरकारलाई प्रस्ताव गरेकी छिन् । मंगलबार मलेसियाको प्रतिनिधिसभा (देवान राक्यात) मा ‘११औं मलेसिया योजना’ बारे बहस गर्दै पन मलेसियन इस्लामिक पार्टी (पीएएस) सम्बद्ध सांसदसमेत रहेकी डा. सिती मारियाह महमदले उक्त प्रस्ताव गरेकी हुन् ।

घरेलु कामदारको बढ्दो माग भएकाले गैरकानुनी हैसियतका आप्रवासी महिलालाई घरेलु क्षेत्रमा रोजगारी दिँदा सरकार र रोजगारदाता दुवैलाई फाइदा पुग्ने बताइन् । उनले यसो गर्दा मुलुकको आय वृद्धिमा टेवा पुग्ने र गैरकानुनी आप्रवासीसम्बन्धी समस्यामा पनि कमी हुने बताइन् । ‘उनीहरूलाई एजेन्टमार्फत नभई सिधै जागिर दिउँ, जसले गर्दा सरकारलाई सिधै शुल्क प्राप्त हुनेछ र केही हदसम्म गैरकानुनी समस्यामा न्यूनीकरण हुनसक्छ ।’ कानुनविद् डा. महमदको भनाइ उद्धृत गर्दै समाचार संस्था बर्नामाले लखेको छ, ‘उनीहरू वैध हुनेछन् र रोजगारदाता उनीहरूका लागि जिम्मेवार हुनेछन् ।’


Published on: 13 June 2015 | Kantipur
 

Back to list

;