s

आप्रवासी कामदारप्रति गम्भिर : आयोग

राष्ट्रिय मानव अधिकार आयोगले विदेशमा कार्यरत नेपाली कामदारको मानव अधिकारको रक्षाको लागि निकै चासो पर्वक काम गर्न थालेको जनाएको छ ।
 
आयोगका अध्यक्ष अनुपराज शर्माका अनुसार विदेशमा कार्यरत नेपाली कामदारको सवाल निकै महत्वपुर्ण रहेकाले उनीहरुको अधिकार प्रत्याभुति गर्न आयोग सवल हस्ताक्षेप गर्ने गरी आयोग अगाडि बढेको हो । 
 
‘जुन देशमा नेपाली नागरीक ठुलो संख्यामा कार्यरत छन् । त्यो देशका मानव अधिकार समितिसँग सम्झौता गर्ने तयारीमा छौं । कतारसँग सम्झौता भइसकेको छ,’ क्षेत्रीयस्तरमा रहेका कर्मचारीलाई आप्रवासी कामदारको अधिकारबारे तालिम दिन काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने,‘कामदारलाई अधिकार दिलाउन सबैभन्दा ठुलो बिषय बनेको छ । यसमा आयोगले निकै महत्व दिई काम अगाडि बढाइसकेको छ ।’
 
उनले गन्तब्य देशका कानुन परिधिभित्र रहेर कामदारलाई अधिकार दिलाउन निकै चुनौती रहेको वताए । ‘समस्यामा परेका कामदारलाई कानुनी अधिकार दिन सरकारले कानुनी सहयोग गर्नु जरुरी छ,’ उनले भने,‘कानुनी सहयोग नहुदाँ धेरै निर्दोष ब्यक्ति पनि समस्यामा परेको देखिरहेका छौं ।’ 
 
आप्रवासी कामदारका मामिला हेर्ने आयुक्त सुदिप पाठकले श्रम, गृह र परराष्ट्र मन्त्रालयका अधिकारीहरुलाई कामदारको हितको पक्षमा काम गर्न आयोगबाट ध्यानकर्षण भइरहेको जनाएका छन् । ‘सरकार–सरकारवीच सम्झौता गर्न निकै जरुरी छ,’ उनले भने,‘हामी योजना बनाएर कामदारको हित र सुरक्षाको लागि काम गरिरहेका  छौं ।’ 
 
आयोगका सचिव वेदप्रसाद भट्टराईले आप्रवासी कामदारको सवाल नेपालको लागि निकै ठुलो रहेको जनाउदै उनीहरुका हितको लागि काम गर्न निकै चुनौती रहेको वताए । 

Published on: 20 July 2017 | Kantipur

Back to list

;