s

आम्दानीको स्रोत बंगुर व्यवसाय

राजु चौधरी  
 
कोटेश्वरस्थित मनोहरा खोला किनारमा बस्ने भीमसेन राईले बंगुर पालेरै वर्षमा १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।  वैदेशिक रोजगारीबाट फर्केपछि दुई वर्षदेखि बंगुर पालनलाई व्यवसाय बनाएका उनी छिट्टै आम्दानी लिन सकिने व्यवसाय देखेर यसमा आकषिर्त भएका थिए । 
 
'वषर्ाको समयमा रोगबाट बचाउन सके बंगुरपालनबाट कमाइ निकै राम्रो छ,' उनले भने । उनले बंगुर ९० केजीसम्मका भएपछि जिउँदै बेच्ने गरेका छन् । जिउँदो बंगुर प्रतिकेजी १ सय ७५ रुपैयाँका दरले बिक्री हुन्छ । उनले बच्चा समेत उत्पादन गरेर बेच्ने गरेका छन् । एउटा बंगुरले १५ वटासम्म बच्चा जन्माउँछ । एउटा बच्चा २ हजार ५ सयदेखि ३ हजार ५ सय रुपैयाँसम्ममा बेच्ने गरेका छन् । आफ्नो र्फममा उनले १० जनालाई रोजगारी दिएको बताए । उनीसँग अहिले ७० वटा बंगुर छन् ।बंगुरपालकहरू बंगुरलाई खुवाउन विभिन्न होटल, प्ाार्टी प्यालेसहरूले फालेका खाना सकलन गरी ल्याउने गर्छन् । त्यस्तै कनिका, मकैसमेत खुवाउने गरेका छन् । 
 
रोजगारी नभएकाले घरमा सुतेर बस्नुभन्दा कुनै व्यवसाय गरेर परिवार खर्च जुटाउन बंगुर पालनमा लागेको व्यव्ासायी  जगतबहादुर वाइबाले बताए । 'घर खर्च चलाउन जागिर छैन,' अरूले बंगुर पालेर राम्रो गरेको देखेर यो व्यवसायमा लागेको छु, उनले भने ।  उनले कालो तथा सेतो बंगुर पालेर लगभग ४ लाख रुपैयाँसम्म आम्दानी गर्ने बताए । वाइबाले यस व्यव्ासायबाट घरखर्च तथा छोराछोरीलाई समेत पढाउने गरेका छन् । उनसँग अहिले २६ वटा बंगुर छन् । 
 
रोजगारी नपाएपछि जििवकोपार्जनका लागि ८ वर्षदेखि  बंगुरपालनमा लागेका अर्का व्यवसायी चन्द्रा लिम्बूले बताइन् । र् अरू कुनै जागिर छैन,' उनले भनिन्, 'बंगुरपालनले  परिवार पाल्न ठिक्क हुन्छ ।,' उनले यस व्यवसायबाट ३ जनाको परिवार पालेको सुनाइन् । अरू गर्न धेरै दुःख भएकाले बंगुरपालन नै ठीक रहेको उनले बताइन् । वषर्ाको समय १८ वटा बंगुर बेचिसकेकाले हाल उनीसँग १३ वटा बंगुर रहेको लिम्बूले बताइन् । हाल मनोहरा खोलातिरका लगभग ४० वटा परिवार बंगुरपालन व्यवसायमा लागेको व्यव्ासायीहरूको भनाइ छ ।
 
Published on: 16 October 2011 | Kantipur

Back to list

;