s

आगलागीमा परी कोरियामा एक नेपाली कामदार गम्भीर घाइते

दक्षिण कोरियाको चुङनाम आसान प्रान्तमा रहेको दोङही कम्पनीको अपार्टमेन्टमा सोमबार आगलागी हुँदा इलामका ३० वर्षीय किशोर राई गम्भीर घाइते भएका छन् । उनी तीन वर्ष अघि इपिएस मार्फत कोरिया आएका थिए । राईको  हाल छनान स्थित सुनछन ह्यन अस्पतालमा उपचार भइरहेको छ ।
 
गम्भीर अवस्थामा उपचार गराई रहेका राई हिडडुल गर्न नसक्ने अवस्थमा छन् । राईको शनिबार ढाडको शल्यक्रिया गरिएको छ । दाहिने खुट्टाको घुँडा मुनी र कुरकुचामा र देब्रेखुट्टाको गोलिगाठा निर भाचिएको अस्पताल पुगेका एनसीसीका अध्यक्ष अन्जु केसीले जानकारी दिइन् ।
 
कम्पनीमा संगै बस्ने साथीले जानकारी दिए अनुसार करिब ४० जना नेपाली कार्यरत मोटरपार्टस बनाउने सो कम्पनीको नेपाली कामदारहरू बस्ने अपार्टमेन्टमा सोमबार रातको साढ़े १ बजे तिर आगलागी भएको थियो । एउटा कोठामा बालेको हिटरबाट आगों सल्केको थियो ।
 
मध्यरातमा मस्त निद्रामा रहेका बेला तेस्रो तल्लाको पहिलो कोठाबाट शुरू भएको आगलागीले भीषण रूप लिएपछि अरुले थाहा पाएका थिए । सोही क्रममा झ्यालबाट छतमा चढ्न कोशिस गर्दा राई तीन तलाबाट भुइँमा खसेका थिए । आगलागी भएको कोठाको वरीपरीका कोठाका सामान पनि जलेर नष्ट भएका छन् । तीन वटा दमकलको सहारामा आगलागी नियन्त्रणमा लिएका थिए ।
 
Published on: 7 January 2018 | Kantipur

Back to list

;