s

आफन्तबाटै १० हजार भारुमा बेचिइन् किशोरी

१५ वर्षीया बालिकालाई भारतको कोठीमा बेचेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा ललितपुरको चापागाउँकी ५० वर्षीया सुनिता भनिने कान्छी तामाङ छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले बुढानिलकण्ठ नगरपालिका, देउवा चोकबाट बुधबार दिउँसो पक्राउ गरेको हो । तामाङले १० हजार रुपैयाँ भारुमा भारतको मधुन भन्ने स्थानको कोठीमा बेचेको अनुसन्धानका क्रममा खुलेको छ । कोठी सञ्चालकले एक महिना कोठामा बन्धक बनाएर युवती बनाउन प्रयोग गरिने सुई र औषधि प्रयोग गरेको खुलेको ब्युरोका एसपी गोविन्द थपलियाले बताए । उनका अनुसार पक्राउ परेकी तामाङमाथि मानव बेचबिनखन तथा ओसारपासर ऐन अन्तरगत म्याद थप गरेर अनुसन्धान थालिनेछ ।

Published on: 14 November 2019 | Onlinekhabar

Link

Back to list

;