s

युएईबाट १९ कामदार फिर्ता

वैदेशिक रोजगारका लागि संयुक्त अरब इमिरेट्स (युएई) गएका १९ जना कामदार सम्झौता अनुसार सुविधा नपाएपछि फर्केका छन् । 

काठमाडौं स्थित साम इन्टरनेसनल म्यानपावर कम्पनीबाट गएका कामदार युएई पुगेका दुई साता नबित्दै फिर्ता भएका हुन् । पीडित कामदारले लागत सहितको क्षतिपूर्तिको माग गर्दै वैदेशिक रोजागार विभागमा उजुरी  हालेका छन् । 'म्यानपावर कम्पनीले हामीसँग गरेको सम्झौता अनुसार काम र सुविधा दिन सकेन,' चितवनका विक्रम सुवेदीले भने, 'कामदारले पाउनुपर्ने न्यूनतम सुविधाबाट समेत वञ्चित हुनुपर्‍यो ।' फर्केकाहरू चालक, प्राविधिक, गाडी मेकानिक्स, स्टोर किपर, सुरक्षा गार्ड लगायत छन् । उनीहरूले ९० हजारदेखि १ लाख १५ हजारसम्म तिरेर गएका हुन् ।

Published on: 26 November 2011 | Kantipur

Back to list

;