s

शरणार्थीका समस्या सम्बोधन गर

परिचयपत्र र राहत माग्दै ८ दिनदेखि आमरण अनशनमा रहेका भुटानी शरणार्थीका समस्यालाई सम्बोधन गर्न अधिकारकर्मीहरूले माग गरेका छन् । नेपाल मानव अधिकार संगठनका केन्द्रीय सदस्य एवं पूर्वाञ्चल सयोजक केपी सुवेदीले सरकारी बेवास्त्ााका कारण मानवीय क्षति हुनेमा चिन्ता जनाए । 'सरकार जिम्मेवार निकाय भएकाले कुनै न कुनै सर्तमा आमरण अनशन तोडाउनुपर्छ,' उनले भने, 'अनशनका कारण शरणार्थीको मानवीय क्षति भएमा त्यसले नेपालको अन्तर्राष्ट्रिय छवि बिग्रने छ ।'

भुटानी शरणार्थी स्वदेश फिर्ती समिति संयोजक भम्पा राईले आफ्ना समस्यामा सरकार र राष्ट्रसंघीय उच्चायोगको मौनताले दुःखी तुल्याएको बताए ।
परिचयपत्र पाउनुपर्ने, मिश्रति विवाहलाई पनि शरणार्थीको मान्यता दिनुपर्ने, बालबच्चाको लालनपालन गर्नुपर्नेलगायत माग राखी शरणार्थी महिला समूह सदस्य बेलडाँगी शिविरमा अनशनमा छन् ।
 
Published on: 23 November 2011 | Kantipur

Back to list

;