s

साउदीमा एक नेपालीलाई मृत्युदण्डको फैसला

दिनेश रेग्मी

व्यक्ति हत्याको अभियोगमा साउदी अरेबियाको अदालतले एक नेपालीलाई मृत्युदण्डको फैसला सुनाएको छ । साउदी विदेश मन्त्रालयले गम्भीर प्रकृतिका मुद्दामा परेका नेपालीको जानकारी रियालस्थित नेपाली दूतावासलाई दिने क्रममा यसबारे थाहा भएको हो।

एक पाकिस्तानीको हत्या अभियोगमा उमेश यादवलाई मृत्युदण्ड सुनाइएको हो । उनको उमेर, घर, ठेगानालगायत विवरण खुलेको छैन । साउदी विदेश मन्त्रालयले ५ दिनअघि अरबी भाषामा पठाएको पत्रमा यादवको नाम र मृत्युदण्ड सुनाइएको मात्र उल्लेख रहेको दूतावासले जनाएको छ । कुन अदालतले कहिले फैसला गरेको हो भन्ने उल्लेख छैन । 
 
दूतावासले यादवबारे रियादस्थित पाकिस्तानी दूतावास र जेलमा बुझ्न थालेको राजदूत उदयराज पाण्डेले जनाए । दूतावासका द्वितीय सचिव सागरप्रसाद फुयालले स्थानीय कर्मचारीबाट जानकारी पाएअनुसार हत्या दुई वर्षअघि साउदीको पूर्वी भेग जबेल भन्ने ठाउँमा भएको थियो । यादव अहिले त्यही ठाउँको जुबेल कारागारमा छन् ।  
 
Published on: 21 November 2011 | Kantipur 

Back to list

;