s

साउदीमा ४४ शव

साउदी अरबको विभिन्न अस्पतालमा राखिएका ४४ वटा नेपाली कामदारका शव स्वदेश ल्याउने पक्रिया थालिएको रियादस्थित नेपाली दुतावासले जनाएको छ।

दूतावासका अनुसार हत्या गरिएका, दुर्घटनामा मारिएका र अत्महत्या गरेका कामदारका शवहरू अस्पतालमा सुरक्षित छन् । तीमध्ये दुई वर्षअघि मृत्यु भएका कामदारहरूको शवसमेत छन् । दूतावासका उपनियोग प्रमुख हरिश्चन्द्र घिमिरेले कतिपयमा स्पोन्सर पत्ता नलागेकाले प्रक्रिया अगाडि बढाउन नसकिएको जनाए । स्पोन्सरले कामदारको मृत्यु भएमा स्वदेश पठाउनुअघि पनि अनुमति दिनुपर्छ।

अहिले त्यहाँ अकुम मिया कवरी -धनुषा), प्रवीन श्रेष्ठ -झापा), पवित्र तामाङ -इलाम), भलै दमाई -इलाम), अञ्चुतकुमार अधिकारी -सुनसरी), मानेश्वर नेपाली -ललितपुर), राजीवकुमार उपाध्याय -कपिलवस्तु), विष्णु शाही समुद्री -पाल्पा), हरिराम थापामगर -धादिङ), रामआशिस महरा -सिराहा), ज्ञानबहादुर कामी -बागलुङ), कमलबहादुर श्रेष्ठ, दिलजंग गुरुङ, प्रेमनारायण भुसाल, राजकुमार राई -मोरङ), चानु दोबी, गौतमकुमार राउत, राजेन्द्र यार, दिलबहादुर श्रेष्ठ, राजन घर्ती -नवलपरासी), मीनबहादुर लामा -नवलपरासी) का शव छन् ।

त्यस्तै जीवन आले, नारायण यादव -धनुषा), सन्तुराज नेवाङ -पाँचथर), मानसिंह खत्री -प्यूठान), उमा थापा मगर -सिन्धुपाल्चोक), बफिर्न दाउक, टेककुमार गाह -नवलपरासी), दलुवा कुँवर -बझाङ), सुम्बाकुमार अर्याल -नवलपरासी),  श्रीरामचलित्र कापड केवट -धनुषा), तेजबहादुर गुरुङ -धादिङ), सोमबहादुर सुनवार -चितवन), शिवजी साह -रौतहट), होमबहादुर राई -खोटाङ), कमलप्रसाद पौथा -गुल्मी), पशुराम विके -इलाम), छेदीलाल चौधरी -मोरङ), एमडी ओमार मुसालमान -कपिलवस्तु), कमल मुखिया कुमाल -अर्घाखाँची), शालिकराम पौडेल -पाल्पा), प्रकाश अधिकारी -नुवाकोट) र नारायण भण्डारी -कास्की) का शव छन् ।

Published on: 13 November 2011 | Kantipur

Back to list

;