s

साउदीले हस्तलिखित राहदानीलाई भिसा दिएन

दिनेश रेग्मी

साउदी अरबले हस्तलिखित राहदानीलाई भिसा दिन अस्वीकार गरेपछि खाडीका विभिन्न मुलुक आवातजावत गर्ने र त्यहीँ कार्यरत नेपाली कामदारहरू बेरोजगारीको समस्यामा पर्न थालेका छन् । विभिन्न ट्रान्सपोर्ट कम्पनीका कार्यरत चालकहरू सडक मार्गबाट साउदी हुँदै एक अर्को देशमा समान लिएर ओसारपसार गर्न नपाएपछि समस्या परेका हुन् । खाडीका एक अर्को देशमा जान यस क्ष्ाेत्रकै सबै भन्दा ठूलो मुलुक साउदीको बाटो प्रयोग गर्नुपर्ने हुन्छ । 

हस्तलिखित राहदानी बाहकलाई साउदीले दुई सातादेखि आपmनो मुलुक र अर्को देश आवाजजावत गर्न -रिइन्ट्री) भिसा दिएको छैन । 'कम्पनीले भिसा लगाउन साउदी दूतावासमा पासपोर्ट लगेको त भिसा दिन मिल्दैन भनेर फर्काइदियो,' तीन वर्षदेखि बहराइनमा चालकका रूपमा कार्यरत भकिम्ली-६ म्याग्दीका धनबहादुर श्रीसले भने, 'साउदीको बाटै छिर्न नपाएपछि बेरोजगार भएर बस्नुपरेको छ ।'
 
श्रीसले आफू कार्यरत 'अल-निमाह कागोर्े कम्पनी' मा कार्यरत ६ नेपाली चालकले भिसा नलागेको बताए । यसमा स्याङ्जाका विनोद गुरुङ, मोरङका प्रकाश लामा, बलबहादुर मगर, हेटौंडाका बाबुराम स्याङ्तान र रोल्पाका सर्वजित बुढा छन् ।
 
'साउदीले हामीलाई ३/३ महिनाको भिसा दिन्थ्यो, कैयौं पटक साउदी, दुबई -युएई), कतार, ओमन, कुवेत, जोर्डनसम्म पुगेर आइन्थ्यो,' रोल्पाका सर्वजित बुढाले कान्तिपुरलाई भने, 'हातले लेखेको पासपोर्टलाई भिसा नदिँदा ठूलो समस्यामा परेका छौं ।' बुढाले भिसाको म्याद सकिने नेपालीको संख्या बढ्दै जान थालेको बताए । बराइनमा २५ सयभन्दा बढी र खाडीभरि करिब २० हजार नेपाली चालक समस्यामा पर्ने अनुमान छ । 
 
'भिसा नलगाए कम्पनीले जागिर दिँदैन, कामै नपाएर घर फर्किनुपर्‍यो भने जिम्मा कसले लिन्छ ?' बुढाले नेपाल सरकारलाई जरुरी खबर गरिदिन भन्दै भने, 'एमआरपी लिन नेपाल जाने हो भने जागिर छुट्छ । सरकारले के गर्ने हो तुरुन्त विकल्प दिनुपर्‍यो ।' हेटौंडाका चालक बाबुराम स्याङ्तानले 'समस्या पर्दा खबर गर्ने ठाउँ पनि भएन' भन्दै हातले लेखेको पासपोर्ट अझै ३ वर्ष चल्ने थाहा पाए पनि अहिल्यै नचलेर बेरोजगार हुन परेको सुनाए । 'पासपोर्ट बनाउनै जाने हो भने २/३ महिना बेरोजगार हुनुपर्छ,' उनले दुःख पोखे । 
 
साउदी अरबको रियादस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको पत्र पाएर साउदीको विदेश मन्त्रालयमा हस्तलिखित नेपाली राहदानी बाहकलाई परेको समस्याबारे कुरा गरिसकेको जनाएको छ ।  आइकाओसँगको सम्झौता अनुसार हस्तलिखित नेपालको राहदानीलाई २०१५ नोभेम्बर २४ सम्म मान्यता दिन आग्रह गरेको छ ।
 
'साउदीको विदेश मन्त्रालयमा चिफ अफ प्रोटोकलसँग बुधबार कुराकानी गरेर आइकाओसँगको सम्झौता अवधिसम्म हस्तलिखितलाई मान्यता दिन आग्रह गरेका छौं,' साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, 'उनीहरूले केही महिना -६/८ महिना) हस्तलिखित राहदानीलाई मान्यता दिन सक्ने सम्भावना छ ।'
 
Published on: 19 November 2011 | Kantipur  

Back to list

;