s

नेपाली कामदार दूतावासको शरणमा

रामचन्द्र गिरी

कामको विषयलाई लिएर कम्पनी मालिकले दैनिकजसो कुटपिट गर्ने गरेको र ज्यान मार्ने सम्मको धम्की दिएको भन्दै यहाँस्थित एक रबर कम्पनीमा कार्यरत एक नेपाली कामदार दूतावासको शरणमा आइपुगेका छन् ।

असुरक्षा महसुस गरी पाहाङस्थित स्वी ल्यान्ड कम्पनीमा कार्यरत रुद्रपुर-२, रूपन्देहीका हेमबहादुर थापा दूतावासको शरणमा आइपुगेका हुन् ।
लेबीको रकम नकाट्न र साप्ताहिक बिदा दिन आग्रह गर्दा कम्पनी मालिकले दैनिकजसो दुव्र्यवहार गर्ने गरेको उनले बताए । 'कम्पनीले हाम्रो लेबी किन काटेको ? बिदा किन नदिएको ? भनेर सोध्दा ममाथि मालिकले हातपात गरे ।' उनले भने, 'तँलाई किन चासो ? भन्दै जुनकुनै बेला मारिदिने धम्की दिए ।' मालिकबाटै आफू असुरक्षित रहेकाले कुनै पनि हालतमा कम्पनी नर्फकने उनले बताए । शुक्रबार दूतावास आएका उनले भने, 'मलाई मालिकले मर्छु भनेको हुनाले म कम्पनी र्फकन्नँ, कृपया जसरी हुन्छ नेपाल फर्काइदिनुहोस् ।'

Published on: 2 October 2011 | Kantipur

Back to list

;