s

मलेसियामा छोराको मृत्युले परिवार शोकमा

डेढ वर्षअघि कामका लागि मलेसिया पुगेका धनगढी ३ का ३३ वषर्ीय चेतराज अधिकारीको शव मंगलबार घरमा आइपुग्दा परिवारजन शोकाकुल बनेका छन् । मलेसियाको जोरवाट भन्ने सहरको एमयु टेक्नोलोजीमा काम गर्ने अधिकारीको त्यहाँको एक अस्पतालमा उपचार क्रममा मृत्यु भएको थियो ।

उनको मृत्यु भएको खबर चार दिनअघिमात्र पाएको परिवारजनले बताए । मृतक अधिकारीको धनगढीस्थित घरमा श्रीमती, २ वर्षे छोरी, दुई भाइ र आमा-बुवा छन् । अधिकारी कार्यरत कम्पनीले बिरामी परेको र अस्पताल भर्ना गरेको मात्र जानकारी दिएको उनका भाइ तिलक अधिकारीले बताए । तीजका बेला उनले घरमा सम्र्पक गरेका थिए । बुवा इन्दलाल अधिकारीले जेठो छोरोको आश्रयमा पूरै घरपरिवार रहेको बताउँदै छोराको निधनले ठूलो विपद परेको बताए ।

Published on: 21 September 2011 | Kantipur 

Back to list

;