s

मलेसियामा भियतनामीद्वारा नेपालीमाथि छुरा प्रहार

मलेसियाको निलाईस्थित सेपाङको वाइएचएल म्यानुफ््याक्चरिङ कम्पनीमा कार्यरत एक नेपाली सहकर्मी भियतनामी कामदारको छुरा प्रहारबाट गम्भीर घाइते भएका छन्् ।

काम गरिरहेका बेला सामान्य विवाद हुँदा गोरखाका ३५ वषर्ीय नीलबहादुर घर्तीमाथि छुरा प्रहार भएको हो । स्रेम्बानस्थित एक अस्पातालमा उपचार भइरहेको उनको अवस्था गम्भीर रहेको सोही कम्पनीमा कार्यरत ईश्वर प्रधानले बताए । उनको पेटमा गम्भीर चोट लागेको थियो । सोही घटनामा नुवाकोटका रमेश दर्जी र धादिङका नरमान गुरुङ सामान्य घाइते भएका छन्् ।

प्रधानका अनुसार प्रहरीले घटनामा 'संलग्न' भएको भन्दै २१ जना नेपालीसहित ५ भियतनामी कामदारलाई नियन्त्रणमा लिएको छ । उक्त कम्पनीमा करिब दुई सय नेपाली कार्यरत छन्् ।

Published on: 7 November 2011 | Kantipur 

Back to list

;