s

मलेसियामा आगलागी हुँदा एकको मृत्यु

मलेसियाको शाहअलामस्थित इलेक्ट्रोनिक कम्पनीमा कार्यरत एक नेपालीको मंगलबार राति आगलागीमा परी मृत्यु भएको छ । मृत्यु भएका २१ वषर्ीय चक्रबहादुर बलुमको अहिलेसम्म नेपालस्थित ठेगाना खुल्न सकेको छैन । अन्य चार जना घाइते भएका छन्् । उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको अस्पाताल स्रोतलाई उद्धृत गर्दै एक नेपालीले बताए । नेपालीहरू बस्ने होस्टलमै विद्युत् सर्ट हुँदा आगलागी भएको थियो । घाइतेको नजिकैको तेङ्कु आम्प्वान रुहिमा अस्पातालमा उपचार भइरहेको छ ।

Published on: 13 October 2011 | Kantipur

Back to list

;