s

मलेसियामा १० महिनामा २३५ को मृत्यु

धन कमाउने उद्देश्यले मलेसिया आउने नेपालीमध्ये गएको दस महिनायता विविध कारणले २ सय ३५ जना नेपालीले ज्यान गुमाएका छन्।

सडक दुर्घटना, औद्योगिक दुर्घटना, आत्महत्या तथा पहिचान नभएका रोगका कारण मृत्यु हुने गरेको छ । नेपाली दूतावासको तथ्यांकअनुसार यो वर्ष दस महिनायता मृत्यु भएकाको संख्या सन् २००३ देखियताकै उच्च हो । सन् २००३ मा १ सय १ र २००४ मा १ सय ५२ नेपालीले ज्यान गुमाएका थिए । त्यसैगरी २००५ मा १ सय ८९ र २००६ मा १ सय ९६ जनाले  विविध कारणले ज्यान गुमाएको देखिन्छ । यसरी ज्यान गुमाउने नेपालीको संख्या सन् २००७ मा भने निकै बढेको पाइन्छ । उक्त वर्ष २ सय ५२ जनाले ज्यान गुमाएका थिए । सन् २००७ मा उच्च भएको यो संख्या सन् २००८ देखि १० सम्म क्रमशः घटेको देखिन्छ । सन् २०१० मा २ सय १० नेपालीको ज्यान गुमेको थियो ।

Published on: 13 November 2011 | Kantipur 

Back to list

;