s

मलेसियाबाट एक हजार नेपाली फर्किए

स्वदेश र्फकन अवैध विदेशी कामदारलाई मलेसियाले दिएको समयसीमा भित्र १ हजार ४८ नेपाली कामदार घर फर्किएका छन्् । 

मलेसियाली समाचार संस्था बर्नामाका अनुसार आममाफी कार्यक्रम लागू भएदेखि अक्टोबर ३१ सम्म ती नेपाली फर्किएका हुन्् । 

मलेसियाले तोकेको सीमाभित्र नेपालसहित इन्डोनेसिया, भारत, म्यानमार र भियतनाम गरी २५ हजार ५ सय ६१ जना स्वदेश फर्किसकेको बर्नामाको अनलाइन संस्करणमा उल्लेख छ ।  स्रोत अनुसार तीमध्ये सबैभन्दा बढी अर्थात १५ हजार ९ सय १ जना इन्डोनेसियाली कामदार छन्् । संख्याका आधारमा नेपाल तेस्रोमा 

पर्छ । आममाफी कार्यक्रममा दर्ता भएका कुल १३ लाख ३ हजार १ सय २६ जना अवैध विदेशी कामदारमध्ये ३३ हजार नेपाली थिए । तीमध्ये हाल कतिपय वैध हुने क्रममा छन्् ।

दर्ता चरणमा सहभागी नभएका, छुटेका र घर र्फकन दर्ता भएका कामदारका लागि स्वदेश र्फकन भन्दै मलेसियाले समय दिएको  थियो । टिकट अभावका कारण कतिपय नेपाली कामदार समय अवधिभित्र र्फकन पाएनन्् ।

'सिक्स-पी' समेत भनिने यो आममाफी कार्यक्रम अन्तर्गत मलेसियाले अवैध कामदारलाई बैधता दिने र घर र्फकन चाहनेलाई फर्काउने दुवै प्रक्रिया एकैसाथ गरिरहेको छ । स्रोत अनुसार घर र्फकन चाहने अवैध नेपाली कामदार ट्राभल डकुमेन्ट र घर फिर्ती टिकटसहित यहाँको पुत्राजयास्थित अध्यागमन विभागमा उपस्थित भए बिनाकारबाही स्वदेश र्फकन पाउने छन््।

आममाफी कार्यक्रम भएयता यसरी घर र्फकनका लागि बुधबार अपराह्नसम्म करिब ३ हजार ७ सय नेपालीले ट्राभल डकुमेन्ट लिइसकेको दूतावासले जनाएको छ । मलेसियाली सरकारको 'पछिल्लो तथ्यांक अनुसार अक्टोबर ३१ सम्ममा १ हजार ४८ जना मात्रै स्वदेश फर्किएका छन््,' दूतावासका उपनियोग प्रमुख लेखनाथ भट्टराईले भने, 'यसबाट ट्राभल डकुमेन्ट लिएका अझै करिब २ हजार ७ सय नेपाली मलेसियामै रहेको प्रस्ट हुन्छ ।' उनले वैध भई काम गर्न कतिपयले राहदानीका लागि आवेदन दिइरहेको र संकलित आवेदन नेपाल पठाइसकिएको समेत बताए । मलेसियाले आगामी जनवरी १० भित्र वैध भइसक्नुपर्ने जनाउँदै आएको छ । 

उपनियोग प्रमुख भट्टराईका अनुसार पछिल्ला केही दिनयता दूतावासमा वैध भई काम गरी बस्न राहदानीका लागि आवेदन दिनेभन्दा एकतर्फी ट्राभल टकुमेन्ट लिनेको चाप निकै बढेको छ ।

Published on: 4 November 2011 | Kantipur

Back to list

;