s

लेबनानमा कार दुर्घटनामा नेपालीको मृत्यु

काठमाडौ, आश्विन २३ - गैरआवासीय नेपाली संघ लेबनानका पूर्वउपाध्यक्ष मोहन प्रसाईंलाई कारले ठक्कर दिँदा लेबनानमा ज्यान गएको छ । उनी १८ वर्षदेखि लेबनानमा कार्यरत थिए । गत बिहीबार मध्यरात नेपालीलाई भेटेर र्फकने क्रममा लेबनानको दौरानजिकै नारायणमुथमा उनलाई कारले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको हो । 

झापा बिर्तामोडका ५६ वर्षीय प्रसाईंको मृत्यु भएपछि एनआरएन लेबनानले दसैंका सबै कार्यक्रम रद्द गरेको थियो । उनले दौराचोकमा हरेक आइतबार नेपालीका लागि एक दिन होटल व्यवसायसमेत गर्थे । लेबनानमा कार्यरत सबै नेपाली त्यस होटल भेटघाट हुने स्थलसमेत थियो । लेबनानस्थित अवैतनिक कन्सुलरका स्वंयसेवी दीपेन्द्र उप्रेतीका अनुसार अस्पतालमा राखिएको उनको शव स्वदेश पठाउन एक साता लाग्ने छ । 'घटनाप्रति हामी निकै दुःखी भएका छौं,' लेबनानमा कार्यरत झापाकी देवीमाया लिम्बूले भनिन्, 'हाम्रो दसैं निकै खल्लो भयो ।'

Published on: 11 October 2011 | Kantipur

Back to list

;