s

किर्गिस्तान लैजाँदै गरिएकी युवतीको उद्धार

भारत हुँदै अवैध रूपमा किर्गिस्तान जान लागेका ४ युवतीको पश्चिमी नाका गड्डाचाैकीबाट उद्धार गरिएको छ । सोमबार बिहान दिल्लीसम्म पुर्‍याउन आफन्तसमेत आएका छन् । 'हामीले सीमामा सोधपुछ गर्दा युवतीले किर्गिस्तान जान लागेको भनेपछि रोकेका हौं,' सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी विश्व निरञ्जन प्रधानले भने, 'उनीहरूलाई कसले, कहाँ लगेको भन्नेसम्म थाहा छैन ।'

सीमा क्षेत्रमा सोधपुछ गर्दा ती युवतीले किर्गिस्तान जान लागेको बताएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताइन् । उनले सिन्धुपाल्चोकका २ युवतीले प्रहरीसमक्ष आपmनो वास्तविकता लुकाइरहेको बताइन् ।

उनीहरू सबैले काठमाडौं स्वयम्भुस्थित ओम साई बुद्ध टुर्स एन्ड ट्राभल्सबाट दिल्लीसम्मको टिकट काटेका छन् । टिकटमा काठमाडौंबाट नभई धार्केबाट चढ्नु भनेरसमेत लेखिएको छ । 'महिनाको ३० हजार तलब मिल्छ भनेर गाउँकै दाइको सम्पर्कमा २ लाख तिरेर किर्गिस्तान जान लागेकी हुँ,' मोरङकी युवतीले भनिन्, 'काठमाडौंमा कसले टिकट काटेको हो । दिल्लीमा को लिन आउँछ भन्ने थाहा छैन ।' उनको टिकटमा दिल्लीमा लिन आउने व्यक्तिको मोबाइल नम्बर पनि लेखिएको छ । उनीहरू २ समूहमा थिए । एक समूहमा २ युवती र १ पुरुष तथा अर्काे समूहमा २ युवती र २ पुरुष छन् । पछिल्लो समय अन्तर्राष्ट्रिय विमान स्थलबाट तेस्रो मुलुकतिर माहिला प्ाठाउन कडाइ गरेपछि दलालहरूले वैकल्पिक नाकाहरू प्ा्रयोग गर्न थालेको एसपी प्रधानले बताए । उनले काठमाडौंबाट दिल्लीका लागि सोझै बस सेवा सुरु भएपछि दलालहरूलाई सजिलो भएको बताए ।

Published on: 24 March 2015 | Kantipur 

Back to list

;