s

कराँते प्रशिक्षकद्वारा खेलाडी भन्दै विदेश पठाइयो

कराँतेका राष्ट्रिय प्रशिक्षक टीकाराम मोटे बसाइ -जीवन) ले अन्तर्राष्ट्रिय खेलुकदमा सहभागी गराउन भन्दै खेलाडी बनाएर वैदेशिक रोजागारीमा पठाउने गरेको खुलेको छ ।

नेपाल पेनकेक सिलात संघका अध्यक्ष रहेका सुनसरी इनरुवाका टीकारामले प्रतिव्यक्ति ३ लाख पचास हजार रुपैयाँ लिई कुवाकोट-३, स्याङजाका १२ जनालाई ठगी गरेको पाइएको छ । उनीहरूलाई प्रतिमहिना एक लाख २० हजार रुपैयाँ तलब पाइन्छ भनेर मकाउ र हङकङ लगेर अलपत्र पारेका थिए । वैदेशिक रोजगार विभागका अनुसार पीडितहरूमा सुमन श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, कृष्ण थापा, शंकर थापा, उदयराज माझी, विष्णुप्रसाद श्रेष्ठ, चित्रकुमार श्रेष्ठ, वीरेन्द्र कौशल, हुमबहादुर कौशललगायत रहेका छन् । उनीहरूलाई सिंगापुरस्थित पेनकेकद्वारा आयोजित तालिममा सहभागी हुन भनेर लगिएको थियो । अलपत्र परेका पीडितहरूलाई स्याङ्जाका गंगा थापाले सात सय डलर खर्च गरी उद्धार गरेका थिए । पीडितले वैदेशिक रोजगार न्यायाधिकरणमा ४२ लाख बिगो, त्यसको ५० प्रतिशत क्षतिपूर्ति र स्वदेश फर्काउन लागेको सात सय डलर दिलाइदिन मुद्दा दयार गरेका छन् । पीडितहरूका अनुसार टीकारामले खेलाडी बनाएर अरूलाई पनि ठगिरहेका छन् ।
 
Published on: 24 October 2011 | Kantipur

Back to list

;