s

इजरायली प्रधानमन्त्रीकी श्रीमतीबाट 'दुव्र्यवहार’

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको घरमा काम गर्ने स्याङ्जाकी तारा मल्लले श्रम शोषणमा परेको भन्दै उजुरी हालेकी छन् । उजुरी हालेलगत्तै उनको रोजगार अन्त्य भएको छ । करार अवधिभन्दा बढी काममा लगाएको, श्रमअनुसार ज्याला नपाई उल्टै कुटपिट हुने गरेको भन्दै मल्लले बुधबार जेरुसेलमस्थित कबलाबेद -कामदारको पक्षमा लड्ने निकाय) मा प्रधानमन्त्री पत्नी सारा नेतान्याहुविरुद्ध उजुरी हालेकी हुन् ।

'प्रधानमन्त्री बेन्जामिनसँगै बसे पनि साराले मलाई अन्याय गरिन्,' मल्लले कान्तिपुरसँग भनिन्, 'तलबबारे विवाद बढेपछि कुटपिट गरिन् ।' हातको औंला भाँचिएकाले कबलाबेदले माग गरेबमोजिमको मेडिकल रिपोर्ट मल्लले बुझाएकी छिन् । साराविरुद्ध कामदारको तर्फबाट परेको यो तेस्रो उजुरी हो ।

ताराका अनुसार त्यस घरमा प्रधानमन्त्री, उनका परिवार र ससुरा बस्दै आएका थिए । उनी ससुराको स्याहारसुसार गर्न प्रधानमन्त्रीको घरमा दुई वर्ष चार महिनादेखि काम गर्दै आएकी थिइन् । उनी मासिक ८ सय डलर पाउने गरी इजरायली एजेन्सीमार्फत त्यहाँ पुगेकी हुन् । ससुराको अवस्था चिन्ताजनक भएपछि प्रधानमन्त्री पत्नीसँग उनको विवाद बढेको थियो । 'अहिले प्रधानमन्त्रीका ससुराको अवस्था बिग्रँदै गएको छ । यहाँको कानुनअनुसार बुढाबुढीको मृत्यु भए रेखदेखकर्तालाई बढी पैसा दिनुपर्छ,' उनले टेलिफोनमा भनिन्, 'त्यसकारण सारा मलाई हटाउन चाहन्थिन् र घरबाट भागेर वा काम छाडेर जाओस् भनेर यातना दिने गर्थिन् ।' तारा भने सबै तलब पाए मात्रै स्वदेश जाने अडानमा थिइन् ।

करार अवधिअनुसार दैनिक ८ घन्टा काम गर्नुपर्ने भए पनि उनी हरेक दिन २४ घन्टा जस्तै काममा खटिनुपथ्र्यो । अति खटिनुपर्ने भएपछि मेरो ढाड र खुट्टामा बढी असर पर्‍यो,' उनले भनिन्, 'एक वर्षमा दुई पटक मात्रै बाहिर निस्किएकी छु ।'

उनले यसबारे प्रधानमन्त्री बेन्जामिनसँग गुनासो राख्ने योजना बनाए पनि मौका नमिलेको बताइन् । ताराले त्यहाँ बस्न र खानसमेत समस्या रहेको बताइन् । 'अहिलेसम्म पेट भर्नका लागि मात्रै खाइरहेकी छु, कहिलेकाहीं आफ्नो खाना

खान मन गर्छ, पकाएर खान पाउँदिनँ,' उनले भनिन्, 'सुत्ने कोठा छैन । दुईवटा घरको कर्नर

-छेउ) को बीचमा सुत्छु ।' आउँदो जनवरीसम्म भिसा भए पनि अब उनी एक महिना मात्रै इजरायल बस्न पाउनेछिन् ।

Published on: 2 September 2011 | Kantipur

Back to list

;