s

आईटीसीले नेपालमा लगानी बढाउने

मजदुर आन्दोलनका कारण गार्मेन्ट युनिट बन्द गरेको सूर्य नेपालको भारतीयसाझेदार आईटीसीले नेपालमा थप लगानी गर्ने संकेत गरेको छ ।

सूर्य टोबाकोमासमेत मजदुर आन्दोलनको सम्भावना बढिरहेका बेला आईटीसीले पर्यटन र अन्यक्षेत्रमा पनि लगानीको सम्भावना खोजिरहेको छ । उद्योग वाणिज्य महासंघको ४६ औं वाषिर्क साधारणसभाको उपलक्ष्यमा नेपाल आएकोभारतीय उद्योग परिसंघ -सीआईआई) प्रतिनिधिमण्डलमा सम्मिलित आईटीसीका प्रमुखकार्यकारी संजीव पुरीले नयाँ लगानीको संकेत गरेका हुन् । 'औद्योगिकस्थिरता हुनेबित्तिकै पर्यटन क्षेत्रमा पनि लगानी गर्न हामी तत्पर छौं,' शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
उनले तनहुँमा चुरोट कारखाना र विराटनगरमा पनि नयाँ उद्योग खोल्ने तयारीभइरहेको बताए । भारतीय लगानीकर्ताको नेतृत्व गरेका सीआईआईका अध्यक्ष बीमथुरमनले पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्न भारतीय इच्छुक रहेको बताए ।

'राजनीतिक स्थायित्वका साथै औद्योगिक शान्ति सुनिश्चिता भए हामी लगानीगर्न तयार छौं,' अध्यक्ष मथुरमनले भने । उनले नेपालको जलविद्युत्मा भारतीयलगानीकर्ताको चासो रहेको बताए । 

मथुरमनले खानी, पर्यटन, कृषि र स्वास्थ क्षेत्रमा भारतीय उद्योगी लगानीगर्न इच्छुक रहेको बताए । तीन दिने भ्रमणमा राम्रो वातावरण पाएको बत्ााउँदैउनले भारतीय उद्योगपतिलाई सकारात्मक सन्देश दिने बताए । उनले भारतमा रहेकालग्ानीकर्ता र उद्योगपति नेपाल भ्रमण गरी लगानीबारे वातावरण बुझ्न आग्रहगर्ने समेत बताए ।
सीआईआई महासंघ संयुक्त परिषद्का अध्यक्षसमेत रहेका मथुरमनको टोलीलेराष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री बाबुराम भट्टराई र उद्योगमन्त्रीअनिल झालाई पनि भेटेका थिए । 'उहाँहआईटीसीले लगानीको सुनिश्चितताकोप्रतिबद्धता जनाउनुभएको छ,' मथुरमनले भने ।
महासंघका पूर्व अध्यक्ष पद्म ज्योतिले छिट्टै राजनीतिक संक्रमण सकिएरलगानीको वातावरण बन्ने विश्वास व्यक्त गरे । सरकारपछि सबैभन्दा ठूलो संजालरहेको महासंघले ४६ औं वाषिर्क साधारणसभाका उपलक्ष्यमा मथुरमनलाई प्रमुखवक्ताका रूपमा निम्त्याएको थियो । यसपटक चुनावी अधिवेशन नभएकाले महासंघले आर्थिक विकासमा निजी क्षेत्रकोभूमिका र लगानी वर्षका बारेमा विविध कार्यक्रम आयोजना गरेको छ । लगानी वर्ष२०१२/१३ को मुख्य साझेदारसमेत रहेको महासंघका अध्यक्ष सुरज वैद्यलेशुक्रबार सम्पन्न सभामा सम्भावित लगानीका क्षेत्र प्रस्तुत गरेका थिए ।महासंघले ७ क्षेत्रमा करिब ५० आयोजना पहिचान गरी विदेशी लगानीकर्तालाईआकषिर्त गर्ने योजना बनाएको छ ।

Published on: 8 April 2012 | Kantipur

Back to list

;