s

ईपीएस सम्झौता नवीरकण

रोजगार अनुमति प्रणाली -ईपीएस) मार्फत कामदार लैजान दक्षिण कोरिया र नेपाल सरकारबीचको सम्झौता २ वर्षका लागि नवीकरण भएको छ । दुई देशका उच्च अधिकारीबीच औपचारिक भेट हुन नसकेपछि कूटनीतिक प्याकेट मार्फत दुई वर्षका लागि सम्झौता नवीकरण भएको हो । 

'कोरियाका रोजगार तथा श्रममन्त्रीबाट हस्ताक्षर भई कूटनीतिक प्याकेटबाट आएको समझदारीपत्रमा नेपालका श्रम तथा रोजगारमन्त्रीले हस्ताक्षर गरेपछि दुई वर्षका लागि सम्झौता नवीकरण भएको छ,' मन्त्रालयको विज्ञप्तिमा छ । कुरियर मार्फत सम्झौता आदानप्रदान गरी गरिने कामलाई कूटनीतिक प्याकेट भनिन्छ ।

सुरुमा कोरियाका श्रममन्त्रीले हस्ताक्षर गरी दुई प्रति सम्झौतापत्र कुरियर मार्फत नेपाल पठाएका थिए । त्यसमा नेपालका श्रममन्त्रीले हस्ताक्षर गरी एक प्रति राखेर अर्को कोरिया पठाएपछि सम्झौता नवीकरण भएको  हो ।  नेपालले सन् २००७ मा पहिलो पटक कोरियासँग कामदार पठाउने सम्झौता गरेको थियो । त्यसको म्याद सन् २०१० मा सकिएपछि २ वर्षका लागि नवीकरण भएको थियो । सन् २०१० को सम्झौता अवधि २०१२ जनवरी १७ सम्म थियो ।

Published on: 20 July 2012 | Kantipur

Back to list

;