s

अमेरिकी वकिलले नेपालीको पक्षमा निःशुल्क मुद्दा लड्ने

होम कार्की

अमेरिकी वकिल माथेउ हन्डेलीले इराक, अफगानिस्तानलगायत मुलुकमा अमेरिकीकम्पनीमा काम गरी अन्यायमा परेका नेपाली कामदारका पक्षमा निःशुल्क बहसगर्ने घोषणा गरेका छन् ।

हन्डेलीले प्रवासमा कार्यरत नेपालीमाथि अमेरिकी कम्पनीबाट भइरहेका अन्यायरोक्न कानुनी लडाइँको घोषणा गरेका हुन् । उनले उचित क्षतिपूर्ति नदिनेकम्पनीविरुद्ध अमेरिकी अदालतमा मुद्दा हाल्ने बताए ।

'इराक, अफगानिस्तानजस्ता जोखिमयुक्त मुलुकमा रहेका अमेरिकी कम्पनीअन्तर्गतकाम गर्ने धेरै नेपाली छन् । उनीहरूले आफ्नो ज्यान जोखिममा पारेर सेवादिइरहेका छन् । जब ती कामदारको मृत्यु वा अंगभंग हुन्छ । त्यतिखेर तीकम्पनीहरू उचित क्षतिपूर्ति दिँदैनन्' उनले भने, 'त्यसरी अन्यायमा परेका नेपालीलाई न्याय दिलाउन अमेरिकाको अदालतमा निःशुल्क मुद्दा लडिदिनेछु ।'

अमेरिकी कम्पनीबाट कामदारमाथि भएको अन्यायबारे अमेरिकी अदालतमा मुद्दाहाल्न पाउने उनले बताए । काठमाडौं आएका हन्डेलीले क्षतिपूर्ति नपाएका पीडितपरिवारलाई भेटघाट गरिरहेका छन् । इराकमा हत्या भएका १२ नेपालीका परिवारलाईक्षतिपूर्ति दिन उनले मुद्दा लडेका थिए ।

इराक पुर्‍याउने जोर्डनी कम्पनी 'दाउद एन्ड पार्टनर' विरुद्ध हालेकोमुद्दा जितेर उनले पीडित परिवारलाई क्षतिपूर्ति दिलाइसकेका छन् ।पीडितमध्ये १० परिवारले एक करोड देखि ५० लाख रुपैयाू क्षतिपूर्ति पाइसकेको छ। धनकुटा र धनुषाका कामदारको आश्रति परिवार -आमाबुवा, श्रीमती वाछोराछोरी )नभएकाले क्षतिपूर्ति दिइएको छैन । उनले मारिएका १२ कामदारलाई कालगाउने प्रमुख अमेरिकी कम्पनी किलोग ब्रन एन्ड रुट -केबीआर) लाईटेक्सासस्थित अदालतमा मानव तस्करविरुद्धको मुद्दा दर्ता गरेका छन् ।हालैमात्र अदालतले यो मुद्दा चलाउन अनुमति दिएको छ । 

हन्डेलीले अफगानिस्तानमा मारिएका अर्का नेपाली थोमन गुरुङ र इराकमा बमविस्फोटमा परी खुट्टा गुमाएका बुद्धि सुनुवारको पक्षमा लडेको पनि मुद्दाजितेका छन् । दुवै पीडितले क्षतिपूर्ति समेत पाए । मुद्दा हालेको खण्डमानेपालीलाई काम लगाउने अमेरिकी कम्पनीहरू जिम्मेवार बन्ने उल्लेख गर्दै उनलेभने, 'नेपालीहरू मिहिनेती छन् । उनीहरूको पक्षमा आवाज नउठ्दा पीडितहरू झन्पीडित भए । अन्याय हुनेहरू अन्यायमा परिरहे ।'  

उनले टेक्सासस्थित अदालतबाट केबीआरलाई मानव बेचबिखन मुद्दाको सुनुवाइ गर्न अनुमति दिनु पीडित नेपालीका लागि उपलब्धिपूर्ण भएकोबताए । केबीआरले इराकमा मारिएका १२ जना नेपालीको जिम्मेवारी लिन नपर्ने भन्दै यो मुद्दा खारेजीको माग गरेको थियो । 

'हामीले केबीआरले गलत सूचना दिई नेपालीलाई इराक लगेको भन्दै मानवतस्करविरुद्ध मुद्दा हालेका थियौं । अदालतले मुद्दा सुनुवाइ गर्ने/नगर्नेविषयको पर्खाइमा थियौं,' उनले भनेे, 'यो निकै ठूलो उपलब्धिपूर्ण हो ।'

८ वर्षअघि इराकमा हत्या गरिएका १२ नेपालीलाई क्षतिपूर्ति दिलाउन माथेउलेपीडितको पक्षमा लडेको यो दोस्रो मुद्दा हो । यसअघि उनले इराक पुर्‍याउने जोर्डनी कम्पनी 'दाउद एन्ड पार्टनर' विरुद्ध हालेको मुद्दा जितेका थिए ।

उनका अनुसार केबीआर कम्पनी अमेरिकी सैन्य सामग्री आपूर्ति गरी काम लगाउनेमुख्य ठेकेदार हो । यसमा अमेरिकी पूर्वउपराष्ट्रपति डिक चेनी प्रमुखकार्यकारी भइसकेका छन् । जोर्डनी कम्पनी सहायक ठेकेदार हो । 'जोर्डनीकम्पनीले कामदारलाई क्षतिपूर्ति दिइसकेको हुदा प्रमुख जिम्मेवारी मुख्यकम्पनी ठेकेदारले लिनुपर्छ,' सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'त्यही भएर हामीले मानव तस्करको अभियोग लगाई मुद्दा हालेका थियौं ।

Published on: 18 October 2011 | Kantipur

Back to list

;