s

अमेरिकाबाट शव ल्याएर दाहसंस्कार

अमेरिकाको ओहायोमा सडक दुर्घटनामा मृत्यु भएका संखुवासभाका विद्यार्थी मुकेश डाँगीको चैनपुरमा बुधबार अन्तिम संस्कार गरिएको छ ।

युनिभर्सिटी अफ फाइन्डलेमा वातावरणीय विज्ञानको नीतिसम्बन्धी स्नातकोत्तर तहमा अध्ययनरत २४ वर्षीय मुकेशको कात्तिक १४ गते निधन भएको थियो । 
 
स्नातकोत्तर तहको अन्तिम वर्षमा पढिरहेका संखुवासभा चैनपुर स्थायी घर भएका डाँगीले चलाइरहेको कार विपरीत दिशाबाट आइरहेको अर्काे कारसँग ठोक्किएको थियो । मुकेश एमाले संखुवासभा अध्यक्ष उमेशका छोरा हुन् । मुकेश २०५८ सालको एलएससी परीक्षामा जिल्ला उत्कृष्ट भएका थिए ।

Published on: 17 November 2011 | Kantipur

Back to list

;