s

८२ हजारले कोरियन भाषा परीक्षा दिँदै, यस्ता छन् परीक्षार्थीले जान्नैपर्ने कुरा

सन् २०१९का लागि कोरियन भाषा परीक्षा आगामी जेठ २६ र २७ गते सञ्चालन हुँदैछ । यो वर्ष ८२ हजार २३५ जना परीक्षार्थीले ईपीएस कोरियन भाषा परीक्षा दिँदैछन् ।
 
जसमध्ये ६० हजारले काठमाडौंबाट परीक्षा दिने छन् भने १२ हजार परीक्षार्थीलाई पोखराबाटै परीक्षा दिने व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले अनलाइनखबरलाई जानकारी दिए ।
 
यसका लागि काठमाडौंमा १६, ललितपुरमा ८ र पोखरामा ४ वटा परीक्षा केन्द्र तोकिएका छन् । यो वर्ष कोरियाले नेपालमा लागि ७ हजार १ सय जना कामदारको कोटा दिएको छ । कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने गर्छ । त्यसकारण नतिजा आउन समय नलाग्ने भण्डारीले बताए ।
 
उनले परीक्षा दिन आउँदा प्रवेशपत्र र सक्कल राहदानी अनिवार्य रुपमा ल्याउन आग्रह गरे । दुईमध्ये एउटा मात्रै छुटेमा पनि परीक्षा दिन नपाइने उनले बतए ।
 
यस्तै परीक्षार्थीले उत्तरपुस्तिकामा चिन्ह लगाउने प्रयोजनमा कालो बलपेन नै प्रयोग गर्नुपर्नेछ । यस्तै परीक्षामा आउँदा मोबाइलसहित कुनै स्मार्ट डिभाइसहरु नबोक्न पनि ईपीएस कोरिया शाखाले अनुरोध गरेको छ ।
 
परीक्षामा नक्कली परीक्षा दिने र दिन लगाउनेलाई ३ वर्षसम्म भाषा परीक्षा दिन नपाउने गरी निष्काशन गरिने भण्डारीले बताए । उनले गतवर्ष विभिन्न परीक्षा केन्द्रमा नक्कली परीक्षा दिने र दिन लगाउने २९ जनाको फर्म यस वर्ष रद्ध गरिएको जानकारी दिए ।
 
‘३ वर्षसम्म त्यस्ता परीक्षार्थी अन्य भिसामा पनि कोरिया जान पाउँदैनन्,’ उनले भने,’परीक्षालाई मर्यादित र व्यवस्थित गर्न हामी लागिरहेका छौं ।’
 
Published on: 27 May 2018 | Onlinekhabar

Back to list

;