s

८० लाख ठगीको आरोपमा दुइ पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जले सरकारी कोटामा कोरिया पठाइदिन्छु भन्दै पुतली सडकस्थित एक कन्सल्टेन्सीमार्फत ठूलो परिमाणको रकम ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
 
कोरियामा राम्रो रोजगारीको अवसर छ, सरकारी कोटामा कोरियामा एक वर्षको लागी भीषा लगाई पठाइदिन्छौं भन्दै ९ जनाबाट ७९ लाख ६५ हजार ८ सय रूपैयाँ ठगी गरेको भन्दै प्रहरीले लम्जुङ दुर्दी गाउँपालिका २ घर भई हाल ललितपुर महानगरपालिका वडा नं. ४ बस्ने ५३ वर्षीय मिनबहादुर थापा र काठमाडौं गोशाला बस्ने ३५ वर्षीय जोसेफ श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । त्यसमध्ये थापा ललितपुर लगनखेलबाट र श्रेष्ठ पुतलीसडकबाट पक्राउ परेका हुन् । उनीहरु दुबैलाई आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग वुद्धनगर, काठमाडौं पठाइएको प्रहरीले बताएको छ । ।
 
उनीहरुले भीषा अवधि सकिएपछि कोरियामै वर्ष–वर्र्षमा भिषा नवीकरण गर्न मिल्छ भनी प्रलोभन देखाई प्रतिव्यक्ति ११ लाख रूपैयाँ लाग्ने भनी  प्रलोभन समेत दिएको प्रहरीको भनाइ छ । पक्राउ परेकामध्ये थापाले विभिन्न प्रलोभनमा पारी रकम आफ्नो बैंक खातामा जम्मा गर्न लगाउने  र श्रेष्ठले पुतली सडकमा सञ्चालित लोटस कन्सल्टेन्सीमार्फत रकम लिई कोरिया पठाउछु भनि आश्वासन दिने गरेको प्रहरीले बताएको छ ।
 
Published on: 14 June 2018 | Madhyanha

Back to list

;