s

८ खर्ब ७९ अर्ब आयो रेमिट्यान्स

गएको आर्थिक वर्ष ८ खर्ब ७९ अर्ब रेमिट्यान्स आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स १६ प्रतिशतले बढेको हो।तर अमेरिकी डलरमा ७.८ प्रतिशतलेमात्र बृद्धि भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १० प्रतिशतले बढेको थियो ।

रेमिट्यान्स आउने क्रम बढे पनि काम गर्न जाने नेपालीहरुको संख्या भने निरन्तर घटीरहेको छ। राष्ट्र बैंकका अनुसार गएको वर्ष अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३२ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ९ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने समीक्षा अवधिमा ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो संख्या ०.६ प्रतिशतले घटेको थियो ।

आर्थिक वर्ष २०७५/७६ मा २ लाख ४३ हजार नेपालीहरु विदेश गएका छन्। श्रम स्वीकृति नविकरण गरेर जानेसहितको संख्या जोड्दा २ लाख ७२ हजार पुग्ने देखिन्छ।

Published on: 1 September 2019 | Setopati

Back to list

;