s

७५३ स्थानीय तहमा रोजगार सूचना केन्द्र खोल्ने सरकारको तयारी

देशभित्र पाँच लाख रोजगारी सिर्जना गर्ने दाबी

सरकारले देशभरिका ७५३ वटै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गर्ने तयारी गरिरहेको श्रम विभागका महानिर्देशक रामप्रसाद भट्टराईले बताएका छन् । बुधबार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै महानिर्देशक भट्टराईले ७५३ स्थानीय तहमा रोजगार सूचना केन्द्र खोल्न लागिएको जानकारी दिए ।

सूचना अभावका कारण उद्योगहरुले श्रमिक नपाएको र युवाहरुले रोजगार नपाएको भन्दै उनले उद्योगी र बेरोजगार युवाहरुबीचमा रहेको खाडल पुर्न विभाग तयार रहेको बताए । मुलुकमै रोजगारीको अवसरहरु सिर्जना गर्न अहिलेको सरकार सक्रिय रुपमा लागेको भन्दै महानिर्देशक भट्टराईले प्रधानमन्त्री रोजगार कार्यक्रम लागु भएपछि वैदेशिक रोजगारीमा जानेको संख्या घट्ने पनि दाबी गरे । स्वदेशी साना तथा घरेलु उद्योगहरुको प्रवर्द्धन गर्नका लागि आवश्यक सहयोग गर्न विभाग तयार रहेको समेत उनले बताए ।
 
परियोजनाका उपलब्धीहरु, सिकाइका अनुभवहरुलाई प्रस्तुत गर्ने र छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महासंघका कार्यबाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताए । देशमा दिन प्रतिदिन बढ्दै गइरहेको बेरोजगारी समस्या र देशभित्रकै उद्योग, कलकारखाना, तथा कम्पनीहरुले दक्ष जनशक्ति पाउन नसकिरहेको अवस्थामा परियोजना सहयोगी बनेको बनेको अध्यक्ष सिंहको भनाइ थियो ।
 
रोजगारदाता र बेरोजगार जनशक्तिबीचको दूरीलाई कम गर्न यस्तो परियोजना ल्याइएको भन्दै उनले ‘समृद्घ नेपाल सुखी नेपाली’ को नारासहित अघि बढेको वर्तमान सरकारको देशभित्रै ५ लाख रोजगारी सिर्जना गर्ने उद्देश्यप्रति पनि यो कार्यक्रम परिलक्षित रहेको बताए ।
 
महासंघले विकास साझेदार अन्तराष्ट्रिय श्रम संगठन, कार्यान्वयन साझेदार नेपाल सरकार श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मनत्रालय श्रम विभाग, रोजगार सूचना केन्द्र, जिल्ला श्रम कार्यालयसँगको सहकार्यमा गत फागुनदेखि सो परियोजना सञ्चालनमा ल्याएको थियो । परियोजनाको कार्यक्रम अन्तरगत देशका काठमाडौ, विराटनगर, जनकपुर, पोखरा र बुटबलमा रोजगार मेला, कार्यशाला गोष्ठी, कार्यस्थलमा आधारित तालिमहरु सञ्चालन भएका थिए ।
 
Published on: 19 July 2018 | Onlinekhabar

Back to list

;