s

७२ दिनपछि साउदीबाट शव

दुर्घटनामा मृत्यु भएका तोपाका बहादुर मण्डलको अढाई महिनापछि दाहसंस्कार गरिएको छ । साउदी अरबस्थित एक कम्पनीमा कार्यरत मण्डलको पानी टयांकरले किच्दा मृत्यु भएको थियो । 

शव नआउँदा उनको परिवारसहित टोलका बासिन्दाको घरमा बिहेबारी र धार्मिक सांस्कृतिक काम रोकिएका थिए । धार्मिक विधिअनुसार शवको अन्तिम संस्कार नहुन्जेल दियादीमा (सगोत्रीहरू) ले कुनै पनि धार्मिक अनुष्ठान नगर्ने चलन छ । सद्गत हुनुअघिसम्म उक्त टोलका अधिकांश युवाले कपाल र दारीसमेत नकाटेको स्थानीय सीताराम मण्डलले बताए । 
सद्गत हुन नसक्दा टोलका ६० घरमा बिहेबारी पनि रोकिएको थियो । ६ युवायुवतीको कुरा छिनिसकिएको बिहे मंसिरदेखि रोकिएको थियो । स्थानीय शिवकुमार मण्डलले भने, ‘अब बाटो खुलेको छ ।’ 


Published on: 9 February 2017 | Kantipur

Back to list

;