s

७ महिनादेखि साउदी अरबमा २३ नेपाली अलपत्र

टेकराज थापा

वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका २३ नेपाली ७ महिनादेखि अलपत्र परेका छन् । काठमाडौंस्थित  प्रिंस अन्तरराष्ट्रिय रोजगार सेवा प्रा.लिबाट ७ महिना अघि साउदी अरब पुगेका उनीहरू बिचल्लीमा परेका हुन ।

साउदी अरबस्थित इम्प्राटोर सोलुशन कन्ट्रयाक्टिङ इस्ट कम्पनीमा कामदारको रूपमा अएका उनीहरूलार्इ कम्पनीले अस्वीकार गरिदिएको छ । आएदेखि नै उनीहरूलार्इ अहिलेसम्म कम्पनीले न त खानाका लागि पैसा दिएको छ  त ज्याला  । २३ जना नेपालीहरू अहिले कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।
 
पीडित रामजतन कामती भन्छन,’आएको भोलिपल्टबाट काम आज दिन छु भोलि दिन्छु भन्दै आज ७ महिना बितिसक्दा पनि हामीले कम्पनीबाट केही पाएका छैनौ, हामीहरुको पनि घरमा बालबच्चा परिवारलाई छोडेर उनीहरुको उज्ज्वल भबिस्यको  लागि बिदेश आइयो न त माम खान पाइयो न त काम ।’
 
उनले आफूहरू घर फर्कन चाहेको भएपनि कम्पनीले कुनै चासो नदेखाएको भन्दै दुःख व्यक्त गरे । उनले राम्रोसँग खाना खान समेत नपाएको बताएका छन् ।
 
केही राहत मिल्छ कि भन्ने हेतुले नेपाली दूतावासमा पटपट गएतापनि कुनै आश्वासन नपाएको र साउदी अरबको लेबरकोटमा सम्पर्क गर्दा पनि कुनै सुनुवाइ नभएकोमा पीडितहरुले बताए ।
 
पीडित मध्येका उमेश उरावले अफूहरूलार्इ पटकपटक पुलिसले पक्राउ गर्दै छोड्ने गरेको बताए । उनीहरूलार्इ प्रहरीले अहिलेसम्म ४ पटक समातिसकेको छ ।
 
म्यानपावरमा  सम्पर्क  गर्दा  पनि  कुनै सहयोग नपाएको भन्दै उनले एउटा सानो कोठामा अहिले सबैजना कष्टकर जीवन बिताउन बाध्य भएको बताए । पीडितहरुले सहयोग गरिदिनका लागि नेपाल सरकार तथा सम्बन्धित निकाय सबैलाई अपील गरेका   छन् ।
 
पीडितहरुले नेपाल फर्कनका पहल गरिदिन विभिन्न सामाजिक संघसंस्थालार्इ समेत अग्रह गरेका छन् । पीडितहरूलार्इ +966 57 859 3786 नम्बरमा  सम्पर्क गर्न सकिनेछ ।
 
अलपत्र पर्नेहरु
 
राम जतन कामती-सिरहा
 
युधिर कामती-लक्ष्मीपुर पतारी- १, सिरहा
 
रामकुमार उराव-महनौर अर्नामा-१,सिरहा
 
देबकुमार उराव-महनौर अर्नामा-१ सिरहा
 
परमेश्वर उराव-महनौर अर्नामा-१ सिरहा
 
प्रभातकुमार उराव-महनौर अर्नामा-१ सिरहा
 
सन्जू उराव-महनौर अर्नामा-१ सिरहा
 
रंजीत उराव-महनौर अर्नामा-१ सिरहा
 
संजयकुमार उराव-महनौर अर्नामा-१ सिरहा
 
नबीनकुमार उराव-महनौर अर्नामा-१ सिरहा
 
सगमलाल उराव-महनौर अर्नामा-१ सिरहा
 
मुनेश्वर उराव- बरहमपुरी अर्नामा-२ सिरहा
 
हेमन्ता उराव- भोक्राहा-४ सुनसरी
 
पबन उराव-भोक्राहा-४ सुनसरी
 
रामलाल उराव-भोक्राहा-४ सुनसरी
 
रंजीत उराव-भोक्राहा-४ सुनसरी
 
कालो उराव-भोक्राहा-४ सुनसरी
 
संदेब उराव- भोक्राहा-४ सुनसरी
 
पुष्पलाल उराव- गडही-४ सुनसरी
 
अशोककुमार उराव-गढ़ी-४ सुनसरी
 
सीताराम उराव-दुहबी-८ सुनसरी
 
बोवालाल उराव- रंगेली- २ मोरंग
 
उमेश उराव-बरहा- ८, सुनसरी
 
Published on: 22 February 2018 | Onlinekhabar

Back to list

;