s

६० हजारलाई सय दिन रोजगारी दिने श्रममन्त्रीकाे दाबी

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगारी कार्यक्रम अन्तर्गत तीन महिनाभित्र ६० हजार बेरोजगारलाई सय दिनको रोजगारी दिने मंगलबार घोषणा गरेको छ ।

श्रम मन्त्रालय सम्हालेको डेढ महिनापछि पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले यस्तो घोषणा गरेका हुन् । उनले कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना अनुसार रोजगारी दिइने बताए ।

सरकारले प्रधानमन्त्री रोजगारी कार्यक्रमको लागि चालु आर्थिक वर्षको लागि ५ अर्ब एक करोड रुपैयाँ विनियोजित गरेको थियो । यसको ७० प्रतिशत रकम पारिश्रमिकको लागि मात्रै भुक्तानी गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । रोजगारी सञ्चालन गर्नको लागि ५ सय स्थानीय तहबाट प्रस्ताव आएको मन्त्रालयको भनाइ छ ।

‘गत आर्थिक वर्ष एक लाख ८७ हजारलाई १३ दिनको रोजगारी दिइएको थियो । त्यो हाम्रो पहिलो वर्ष थियो । त्यतिखेर आर्थिक बर्षको अन्त्यमा स्थानीय तहलाई रकम पठाइएको थियो । तयारी वर्ष थियो,’ प्रधानमन्त्री रोजगार कार्यक्रमका प्रमुख प्रकाश दाहालले पत्रकार सम्मेलनमा भने, ‘यो वर्ष आउँदो माघ १५ गतेभित्र स्थानीय तहलाई बजेट पठाइसक्नेछौं ।’ पहिलो वर्ष यो कार्यक्रमको लागि २ अर्ब ३६ करोड रुपैयाँ छुट्टाइएको थियो ।

published on: 8 January 2020 | Kantipur

 

Link

Back to list

;