s

६० हजारलाई सय दिन रोजगारी दिने सरकारी तयारी

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो वर्ष ६० हजारलाई एक सय दिनको रोजगारी दिने भएको छ।प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्ष ६० हजारलाई एक सय दिनको रोजगारी दिने योजना रहेको मन्त्रालयले जनाएको छ।

मंगलबार मन्त्रालयले आगामी तीन महिने कार्ययोजना सार्वजनिक गर्दै यो वर्ष ६० हजारलाई रोजगारी दिने योजना रहेको बताएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रम महाशाखाका सहसचिव प्रकाश दाहालले कार्यक्रमका लागि यो वर्ष ५ अर्ब १ करोड बजेट विनियोजन भएको बताए।

विनियोजित बजेटमध्ये ७० प्रशित रकम ज्यालामा खर्च हुने र ३० प्रतिशत रकम मात्रै निर्माण सामग्री तथा सुरक्षा सामग्री लगायतमा खर्च हुने उनले बताए। एक सय दिनको रोजगारी नभएको अवस्थामा बाँकी रकम निर्वाह भत्ता स्वरुप दिनुपर्ने प्रावधान रहेको समेत उनले बताए।

गत वर्षमा झार उखेल्ने प्रकृतिका कामहरुमा बजेट खर्च भएको भन्ने गुनासो यो वर्ष नआउने उनको दाबी छ। गतवर्ष कार्यक्रमको तयारी गर्नुपर्ने भएका कारण स्तरीय काम हुन नसकेको स्वीकार गर्दै उनले यो वर्ष स्थानीय तहले गर्ने कामहरु सूची पहिले नै पठाउनुपर्ने गरी निर्देशन गरिएको बताए। मागमा आधारित भएर बजेट जाने प्रकृयाले यो वर्ष गुणस्तरीय काम हुने विश्वास उनले व्यक्त गरे।

Published on: 8 January 2020 | Nagarik

Link

Back to list

;